माइक्रोम्याक्सका चार नयाँ फोन बजारमा, दुई फीचर र दुई स्मार्टफोन



काठमाडौं। माइक्रोम्याक्सले आफ्ना नयाँफोनहरु एक्स ७३०, एक्स ७४०, क्यू ३००१ तथा क्यू ३३०१ नेपाली बजारमा ल्याएको छ । यसमध्ये एक्स ७३० र र एक्स ७४० फीचर फोनको रुपमा आएका छन भने क्यू ३००१ र क्यू ३३०१ दुबै बोल्ट सिरिजको स्मार्टफोनका रुपमा सार्वजनिक गरिएको हो ।

एक्स ७३० मोडलमा २.४इन्चको स्क्रीन, डिजिटल क्यामरा, ८ जीबीसम्मबिस्तार गर्न सकिने मेमोरी, दुई सिम, १३०० एमएएचको ब्याट्री र अतिरिक्त फीचरको रुपमावायरलेस एफएम रेडियो, भ्वाइस कल रेकर्डिङ, म्यूजिकप्लेयर तथा भिडियो प्लेयर रहेका छन् । यसको अधिकतममूल्य १ हजार ८९२ रुपैयाँ रहेको छ ।

एक्स ७४० मोडलमा २.४ इन्चको स्क्रीनअगाडि र पछाडि भिजीएक्यामरा, बिस्तार गर्न सकिने मेमोरी, दुई सिम, १८०० एमएएचको ब्याट्री र अतिरिक्त फीचरको रुपमा वायरलेस एफएम रेडियो, म्यूजिकप्लेयर तथा भिडियो प्लेयर रहेका छन् । यसको अधिकतम मूल्य २ हजार ३५ रुपैयाँ रहेको छ ।

क्यू ३००१ मा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर, तथा५१२ एमबीको र्याम तथा ४ जीबीको रोम राखिएको छ । यो एन्ड्रोयड ६.० मार्शमाल्लो अपरेटिंग सिस्टम राखिएको छ । यो फोन ५ मेगापिक्सेलको उच्च रिजोल्यूशनको क्यामरा, सेल्फीकालागि २ मेगापिक्सेलको क्यामराका साथमा आउँछ ।यसमा ४.० इन्चको एफडब्लूभीजीए डिस्प्ले र ब्लूटूथ रहेको छ । यो फोन ३जी सपोर्ट गर्दछ भने १,४०० एमएएचको ब्याट्रीका साथमा उपलब्ध छ । फोनको अधिक सुरक्षाकालागि यसमा फ्लिप कभर निशुल्कदिईनेछ । यसको अधिकतम मूल्य ५ हजार ६० रुपैयाँ तोकिएको छ ।

क्यू ३३०१ मा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर, तथा ५१२ एमबीको र्याम तथा ४ जीबीको रोम राखिएको छ, जसले गर्दा यो फोन तिब्र संचालन हुन्छ । यो एन्ड्रोयड ६.० मार्शमाल्लो अपरेटिंग सिस्टम राखिएको छ । तपाईँले यो फोनको साथमालाखौं आकर्षक फोटोहरु कुनैपनि स्थान, समयमाखिच्न सक्नुहुनेछ, जसको लागि, यो फोनमा ५ मेगापिक्सेलको उच्च रिजोल्यूशनको क्यामरा, सेल्फीकालागि २ मेगापिक्सेलको क्यामराका साथमा आउँछ । यसमा ४.५इन्चको एफडब्लूभीजीए डिस्प्ले र ब्लूटूथ रहेको छ ।

यो फोन ३जी सपोर्ट गर्दछ भने १,६५० एमएएचको ब्याट्रीका साथमाउपलब्ध छ । यो फोनको आर्कषकता कायम गर्नका साथै फोनको अधिक सुरक्षाका लागि पारदर्शि ब्याक कभर निशुल्क दिईनेछ । यसको अधिकतम मूल्य ५ हजार ७ सय २० रुपैयाँ तोकिएको छ ।


क्लिकमान्डु