सामसुङ ग्यालेक्सी नोट ८ सार्वजनिक, मूल्य कति, के छन् बिशेषता ?



काठमाडौं । सामसुङले आफ्नो नयाँ उत्पादन ‘सामसुङ ग्यालेक्सी नोट ८’ हिजो बुधवार सार्वजनिक गरेको छ । नोट सेभेनमा समस्या आएपछि सामसुङको नोट सिरिज के हुन्छ भन्ने अन्योलता थियो । सामसुङले न्युयोर्कमा एक बिशेष कार्यक्रमको आयोजना गरेर उक्त फोन सार्वजनिक गरेको हो ।

यो ठुलो डिस्प्ले भएको फ्यागसिप फोन हो । फोनमा डिवल रियर क्यामेरा दिइएको छ भने, एस पेन स्टाइल दिइएको छ । आईफोन ८ अक्टुवरमा आउने हल्लाको बिच सामसङले ग्यालेक्सी नोट ८ सार्बजनिक गरेको हो ।

डिजाइन : सामसुङ ग्यालेक्सी ८ डिजाइनको आधारमा व्यालेक्सी ८ जस्तै रहेको छ । यो फोन ग्लास र मेटल बढीको मिश्रणले निर्माण गरिएको छ । साथै अगाडी र पछाडिको भागमा आर्कषक डिजाइन गरिएको छ । डिजाइइनको पछाडि भागमा फिङगर प्रिन्ट स्क्यानर जडान गरिएको छ ।

डिस्प्ले : यो फोनमा ६.३ इन्चको इन्फिनिटी डिस्प्ले जडान गरिएको छ । किनारामा वैजल्स दिइएको छ । फोनको स्क्रीन सुपर एमोल्वॉइड रहेको छ भने, पिक्चर रिजुलेसन १४४० २९६० पिक्सल रहेको छ । क्वाड डिस्प्लेलाई सुरक्षा दिन गोरिल्ला ग्लासको प्रयोग गरिएको छ । यो फोन कालो, ग्रे, डिप व्लू र गोल्डन कलरमा सार्वजनिक भएको छ ।

प्रोसेर : अक्टाकोर स्नपड्रागन ८३५ प्रोसेर रहेको फोन अमेरिका र भारत बाहेका देशमा एक्सोनेट ८८९५ चिपमा उपलब्ध हुने छ । ६ जीबी र्याम रहेको यस फोन ३ रोम भेरियन्टमा उपलव्ध छ । आवस्यकता अनुसार ६४ जीबी, १२८ जीबी र २५६ जीबी स्टोरेज क्षमता ग्राहकले छनोट गर्न सक्ने छन् ।

व्याट्री र क्यामेरा : ३३०० एमएएच क्षमताको व्यट्री जडान गरिएको यस फोनमा डियुल क्यामेरा लेन्सको प्रयोग भएको छ । रियर दुबै क्यामेरा १२ मेगापिक्सल र फ्रन्ट क्यामेरा ८ मेगा पिक्सलको रहेको छ । यो स्मार्टफोनमा दुबै क्यामेरा सेन्सरमा अप्टीकल इमेज स्टेबलाइजेशन प्रयोग गरिएको छ ।

मूल्य: अमेरिकी बजारमा यस फोनको मुल्य ९३० डलर रहेको छ भने नेपाली बजारमा ९७ हजारको हाराहारीमा पर्नेछ । बेलायतमा भने यस फोनको मुल्य ८६९ पाउण्ड तोकिएको छ ।


क्लिकमान्डु