नबिल बैंकमा जागिरको फाराम भर्नु भयो ? आज अन्तिम दिन




काठमाडौं । नबिल बैंकको जागिरका लागि आवेदन दिने आज अन्तिम दिन हो । बैंकले ट्रेनी एक्जिक्यूटिभदेखि सिनियर एक्जिक्यूटिभसम्म ९ पदका लागि आवेदन माग गरेको हो ।

बैंकले ट्रेनी एक्जिक्यूटिभमा ५ जनाको आवेदन माग गरेको छ । स्नातकत्तोर उत्र्तीण र २८ बर्ष उमेर नकटेकाले आवेदन दिन सक्नेछन् ।

बैंकले एसोसिएटमा २ जनाको आवेदन माग गरेको छ । स्नातक उत्र्तीण र २८ बर्ष उमेर नकटेकाले आवेदन दिन सक्नेछन् ।

आइटी एसोसिएटमा १ जनाका लागि आवेदन माग गरिएको छ । कम्प्युटर साइन्समा स्नातक उत्र्तीण र सम्बन्धीत क्षेत्रमा २ बर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् । आवेदकको उमेर ३५ बर्ष भन्दा तलको हुनुपर्ने बैंकले जनाएको छ ।

बैंकले सिनियर एक्जिक्यूटिभमा १ जनाका लागि आवेदन माग गरेको छ । स्नातकोत्तर उत्र्तीण र सम्बन्धीत क्षेत्रमा ५ बर्षको अनुभव हुनु पर्नेछ । । आवेदकको उमेर ४५ बर्ष भन्दा तलको हुनुपर्ने बैंकले जनाएको छ ।

आवेदन दिने आज अन्तिम दिन हो । आवेदकले आवश्यक सम्पूर्ण कागजात सकित merojob.com/employer/nabil-investment-banking बाट आवेदन दिन सक्नेछन् ।


पुष्प दुलाल