स्टक ब्रोक्रर एशोसियनले दियो बाढी पीडितलाई १० लाख



काठमाडौं । नेपाल स्टक बोक्रर्स एसोसिएसन अफ नेपालले तराई मधेशमा गएको बिनासकारी बाढीबाट पिडितहरुको राहतका लागि प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा १० लाख उपलब्ध गराएको छ ।

एसोसीएसनका तर्फबाट अध्यक्ष प्रियराज रेग्मीले उक्त रकम बराबारको चेक प्रधानमन्त्री शेर बहादुर देउवालाई हस्तान्तरण गरे ।

चेक हस्तान्तरण समारोहमा एसोसिएसनका पदाधिकारीको उपस्थिति थियो । यो रकम संघमा आबद्ध सदस्यहरुबाट संकलन गरिएको हो । यस अघि २०७२ साल बैशाखमा गएको महा बिनासकारी भुकम्प पडितहरुहरुको सहयोगार्थ उल्लेख्य नगद तथा जिन्सी समान पनि उपलब्ध गराएको थियो ।

समारोहमा प्रधानमन्त्रि देउवाले पिडितहरुलाई एसोसीएसनले गरेको सहयोगको प्रसंसा गरे ।


क्लिकमान्डु