बैंकको अधिकृतमा जागिर खानेले पनि सम्पत्ति विवरण खुलाउनु पर्ने




काठमाडौं । बैंक तथा वित्तीय संस्थामा जागिर खान चाहने अधिकृतस्तर भन्दा माथिल्लो तहका कर्मचारीले आफ्नो सम्पत्ति विवरण बैंकलाई बुझाउनु पर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको एकिकृत निर्देशनमा अधिकृतस्तर भन्दा माथिल्लो तहका कर्मचारीले आफ्नो सम्पत्ति विवरण खुलाउनु पर्ने फर्म भरेर सो विवरण बैंकलाई दिनुपर्ने ब्यवस्था गरेको हो ।

यस्तो विवरण सम्बन्धित बैंक आफैले राख्नेछ । यो विवरण गोप्य राख्नुपर्ने भएको हो । बैंक तथा वित्तीय संस्थाहरु सार्बजनिक संस्था भएको र यस्तो संस्थामा सर्बसाधारणको ठूलो धनराशी निक्षेपका रुपमा रहने भएकोले कर्मचारीको ब्यवहार मूल्यांकन गर्न यस्तो ब्यवस्था गरिएको हो ।


क्लिकमान्डु