आइएमइ ग्रुपद्धारा सिरहाका बाढीपीडित परिवारलाई राहत वितरण



काठमाडौं । अविरल वर्षासँगै आएको बाढीका कारण डुबानमा परेका सिरहाको विभिन्न गाउँपालिका तथा नगरपालिकाका डुबान पीडित परिवारलाई आइएमइ ग्रुपले राहत वितरण गरेको छ ।

जिल्लाका साझेदारसँगको समन्वयमा आइएमइ ग्रुपले इटारी पर्साहीका ७० घरपरिवारसहित जिल्लाको २५० डुबान पीडित परिवारलाई आइतबार राहत वितरण गरेको हो ।

इटारी पर्साहीसहित जिल्लाको बसविट्टा, लहान नगरपालिका लगायतका स्थानका डुबानपीडितलाई राहतस्वरुप चामल, दाल, नून, तेल, झुल, भेस्ट, टर्चलाइट लगायतका सामग्री वितरण गरिएको आइएमइ ग्रुपका वीरेन्द्र ढकालले जानकारी दिए ।


क्लिकमान्डु