कुन सूचकमा कुन बैंक अगाडि, कसको अबस्था कस्तो ? हेर्नुहोस् सूचिसहित



काठमाडौं । सोमबार सेञ्चुरी कर्मशियल बैंकको अपरिष्कृत बित्तीय बिवरण आएसँगै नेपालमा सञ्चालनमा रहेका २८ वटै बाणिज्य बैंकको आर्थिक बर्ष ०७३/७४ को बित्तीय बिवरण सार्वजनिक भएको छ ।

सबै बैंकहरुले कुल ४५ अर्ब २६ करोड रुपैंयाँ खुद नाफा गरेका छन् । अघिल्लो बर्ष बैंकहरुको नाफा ३५ अर्ब ७४ करोड रुपैंयाँ थियो । यो भनेको झण्डै २७ प्रतिशतको बढोत्तरी हो ।

नाफाका आधारमा सबैभन्दा बढि नबिल बैंकको ३ अर्ब ३२ करोड रुपैंयाँ खुद नाफा छ भने, सबैभन्दा पुछारमा सिभिल बैंक रहेको छ । सिभिलले ३३ करोड ८१ लाख रुपैंयाँ मात्र खुद नाफा कमाउन सकेको छ ।

चुक्ता पुँजीको हिसाबले नेपाल इन्भेष्टमेन्ट बैंक ९ अर्ब २४ करोड रुपैंयाँका साथ शिर्ष स्थानमा छ । स्ट्यान्डर्ड चार्टर्ड भने ४ अर्ब रुपैंयाँ चुक्ता पुँजीका अन्तिम स्थानमा छ ।

जगेडा कोषको सुचीको नेतृत्व पनि इन्भेष्टमेन्टले नै गरेको छ । बैंकको जगेडा कोष मा ११ अर्ब ७८ करोड रुपैंयाँ छ । सेञ्चुरी बैंक १ अर्ब १८ करोड रुपैंयाँका साथ अन्तिम स्थानमा छ । यद्यपि स-साना बिकास बैंकहरुलाई गाभेको सेञ्चुरीले जगेडा कोषमा यो ठूलो छलाङ मारेको हो । अघिल्लो बर्ष बैंकको जगेडाकोषमा १९ करोड रुपैंयाँ मात्र थियो ।

प्रति सेयर आम्दानी भने नबिल बैंकको सबैभन्दा धेरै छ । नबिलले प्रति सेयर आम्दानीलाई ५८ रुपैंयाँ ५४ पैसामा कायम राखेको छ । उता ४० प्रतिशत हकप्रद प्रस्ताव गरेको सिभिल बैंकको भने हालत खराब देखिएको छ । बैंकको प्रति सेयर आम्दानी ६ रुपैंयाँ ५२ पैंसामा खुम्चिएको छ । यस्तो अवस्थामा हकप्रदमा फेरी पैसा खन्याउने वा नखन्याउने भन्ने बिलखबन्दमा लगानीकर्ताहरु पर्न सक्छन् ।

प्रति सेयर नेटवर्थको को कुरा गर्दा भने स्ट्यान्डर्ड चार्टर्ड सबैभन्दा माथि देखिन्छ । बैंकको प्रति सेयर नेटवर्थ ३०३.६८ रुपैयाँ छ । चुक्ता पुँजी थोरै भएका कारण नेट वर्थ अन्य ठूला बैंकको भन्दा ठूलो देखिएको हो चार्टर्डको ।

बैंकहरुले आर्थिक बर्षको अन्त्यसम्मै हकप्रदबाट पुँजी थप्दै गरेका कारण प्रति सेयर आम्दानी, नेट वर्थलगायत सुचकहरुको गणनाको बिधिमा भने केही फरक पर्न सक्छ ।

बिबरण रु. ०००। मा


क्लिकमान्डु