निक्षेप ४२ अर्ब पुग्दा, सेञ्चुरी बैंकको नाफा ४४ करोड, खराब कर्जा बढ्यो



काठमाडौं । सेञ्चुरी बैंकले गत आर्थिक बर्षमा ४४ करोड ७४ लाख खुदनाफा कमाएको वित्तीय बिबरण आज सार्बजनिक गरेको छ । बैंकले आर्थिक बर्ष २०७२।०७३मा ४१ करोड ३५ लाख कमाएको थियो ।

चुक्तापुँजी ५ अर्ब ४६ करोड रहेको बैंकले गत बर्ष ४२ अर्ब ५९ करोड निक्षप संकलनगरी ३९ अर्ब ५० करोड कर्जा प्रबाह गरेको छ ।

३ अर्ब ११ करोड ब्याज आम्दानी गरेको बैंकले १ अर्ब ९८ करोड ब्याज खर्च गरेको छ । अघिल्लो आर्थिक बर्षमा ०.२२ प्रतिशत खराबकर्जा रहेकोमा गत अबमा खराबकर्जा बढेर १.१५ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ८.२० रुपैयाँ रहेको छ ।


क्लिकमान्डु