आइसिटी अवार्ड २०१७ को विजेता घोषणा



काठमाडौं । आइसिटी अवार्ड २०१७ को विजेता एक कार्यक्रमका बीच घोषणा गरिएको छ । लिभिङ विथ आइसिटी म्यागजिनले आयोजना गरेको अवार्डमा विभिन्न चार विधामा विजेता घोषणा गरिएको हो । जसमध्ये आइसिटी पायोनियर अवार्ड प्रोफेसनल कम्प्युटर सिस्टम प्रालीका सुरेश रेग्मीले पाए।

सो विधामा लामो समय देखि  सेवा पुर्याइरहेका सुरेश रेग्मीलाई सम्मान गरिएको हो ।

त्यस्तै आइसिटी डायस्पोरा अवार्ड इन्सेस्न्ट रेन एनिमेशन स्टुडियोका कार्यकारी निर्देशक किरणभक्त जोशीले पाएका छन् ।

वेष्ट स्टार्टअप कम्पनीमा बसोबास नेपाल प्राली, पाइला टेक्नोलोजी प्राली र जेफ्टवेयर सोलुसन्स प्रालीले पुरस्कार पाएका छन् । यस बिधामा ४२ ओटा कम्पनीले आवेदन दिएका थिए ।

बेष्ट इनोभेटिभ प्रडक्टतर्फ एभरेष्ट काष्ट, नेपाल भिआर र परीले पुरस्कार पाएका हुन् । सो बिधामा पनि ५३ ओटा कम्पनीले आवेदन दिएका थिए ।

विजेताहरुलाई अवार्ड प्रदान गर्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना प्रविधिलाई समयानुकुल बनाउन सके देशको कूल ग्राह्यस्थ उत्पादनमा समेत बृद्धि हुने बताए ।

सूचना प्रविधि क्षेत्रका विज्ञ र प्रतिभालाई विशेष सम्मान गर्ने उद्देश्यसहित दोश्रो संस्करणको आइसिटी अवार्ड आयोजना गरिएको कम्पनीका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।


क्लिकमान्डु