बाढी पीडितलाई आइएमई फाउन्डेशनद्वारा राहत वितरण



काठमाडौं । आइएमई फाउन्डेशनले बाडी प्रभावितहरुको लागि राहत वितरण गरेको छ ।

बाढी पहिरोले पीडित घरपरिवारको दैनिक जीवनमा प्रयोग हुने खाद्यान्न-लत्ता कपडा लगायतका सामग्रीहरु आइएमई फाउन्डेशन केन्द्रीय कार्यालयबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यावसायीक साझेदारहरुले स्थानीय दैवीप्रकोप उद्घार समन्वयसमितिको रोहबरमा वितरण गरेको जनाएको छ ।

आइएमई फाउन्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अविरल बर्षाका कारण घरबार विहीन हुनपुगेका पूर्वी तराईका प्रभावित परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गत साउन ३० गते गरेको फाउन्डेसनले जनाएको छ ।

आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलाप यही फाउन्डेशनमार्फत् गर्दै आएको छ ।


क्लिकमान्डु