चौधरी फाउण्डेसनद्वारा बाढीपीडितको घरदैलोमै पुगेर राहत वितरण



काठमाडौं । चौधरी फाउण्डेसनले बाढी पीडितहरूलाई तत्काल राहत पुर्याउन प्रभावित क्षेत्रमा खाद्यान्न, औषधी, कम्बल, म्याट लगायतका सामाग्री वितरण शुरू गरेको छ ।

फाउण्डेसनका छुट्टाछुट्टै टोली सुनसरी, सप्तरी, चितवन, नवलपरासी र बर्दियामा बाढीबाट सर्वाधिक प्रभावित क्षेत्रमा पुगी राहत वितरण शुरू गरेका हुन् ।

बाढी प्रभावित क्षेत्रमा खाद्यान्न अभाव भएकाले पीडितहरूमा तत्काल राहत पु¥याउन फाउण्डेसनबाट छुट्टाछुट्टै टोली खटाई राहत वितरण गर्ने निर्णय लिइएको हो ।

चौधरी ग्रुपद्वारा उत्पादित तयारी खानेकुराहरु बाढी पिडितलाई वितरण गरिएको छ । जसमा वाईवाई चाउचाउ, वाईवाई भुजिया, रियो जुस र रियो पानी रहेका छन् । यी खाद्यान्न पीडितका हातमा पर्नासाथ उपभोग गर्न सकिने भएकाले पीडितलाई तत्कालै राहत पुग्ने विश्वास गरिएको छ । यसका साथै पीडितहरुलाई कम्बल, ओछ्याउने म्याट पनि वितरण गरिएको छ ।

‘राहत कोषमा नगद जम्मा गर्नुभन्दा पीडितको छाक टार्नु नै अहिलेका लागि निकै गुणा महत्वपूर्ण छ, त्यसैले हामीले पीडितकै घरमा पुगेर राहत वितरण गरिरहेका छौं,’ पौडेलले क्लिकमाण्डूसँग भने ।

फाउण्डेसनले मंगलबार सप्तरी जिल्लाका बाढीबाट सर्वाधिक प्रभावित कदमाहा र जोगिनियामा पुगि राहत वितरण गरेको छ । बुधबार सुनसरीको देवानगञ्ज र हरिनगर लगायत गाउँमा राहत वितरण गरिएको छ ।

चितवनको दक्षिणी भेग मेघौलीको सुकुम्बासी वस्तीमा पनि राहत वितरण गरिएको छ । त्यसैगरी नवलपरासीको सरावल गाउँपालिकाको भुजवा गाउँमा राहत वितरणका लागि टोली प्रस्थान गरिसकेको छ ।

बर्दियामा प्रमुख जिल्ला अधिकारी बिष्णु थापालाई एक हजार प्याकेट राहत सामाग्री हस्तान्तरण गरिएको छ । स्थानीय प्रशासनले तत्कालै ति सामाग्री बाढीपीडितलाई वितरण गर्ने प्रतिवद्धता जनाएको छ ।

फाउण्डेसनले काठमाडौं, नवलपरासी र बर्दियास्थित चौधरी ग्रुपका कार्यालयहरूमार्फत् राहत वितरणको अनुगमन गरिरहेको छ । बाढी प्रभावित क्षेत्रमा रहेका ग्रुपका डिलर र डिस्ट्रिब्युटरहरूलाई पनि परिचालन गरिएको छ ।

स्थानीय प्रशासनसँगको समन्वयमा बाढी पीडितहरूको घरदैलोमै पुगेर आफैले राहत वितरण गर्ने नीति फाउण्डेसनले लिएको छ । पीडितहरूसमक्ष जतिसक्दो छिटो राहत पु¥याउन सकियोस् भनेर यस्तो गरिएको हो ।

यससँगै फाउण्डेसनले पीडितहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै ‘हेल्थ किट’ पनि वितरण गर्ने तयारी गरेको छ । जसमा अत्यावस्यकीय औषधी लगायत प्राकृतिक प्रकोपका समयमा स्वस्थ रहन सहयोग पु¥याउने सामाग्रीहरु रहनेछन् ।

विपत्तिको समयमा मानवीय सहयोगका हात बढाउनु आफूहरुको परम्परा भएको फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले बताए ।

‘चौधरी फाउण्डेसन बढीपीडितहरूलाई तत्काल राहत पुर्याउने प्रयासका साथ पीडितहरू समक्ष पुगेको छ, प्राकृतिक प्रकोपको चपेटामा पर्नु भएका महानुभावहरूलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न म सबैमा आव्हान गर्दछु ।’ अध्यक्ष चौधरीले भने ।

उनले बाढी पीडितको तत्कालिन र दिर्घकालिन व्यवस्थापनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर अगाडि बढ्न पनि आग्रह गरेका छन् ।

अन्य उद्यमी र व्यवसायिक संघ सस्थाहरूले बाढीपीडितका लागि नगद सहयोगको घोषणा गरिरहेका बेला चौधरी फाउण्डेसनले नगद सहयोग घोषणाको सट्टा आफै राहत वितरण गरिरहेको छ ।

बाढीपीडितका लागि अहिले नगद पैसा नभई खाद्यान्न र ओतको खाँचो भएकाले आफूहरुले सिधै राहत वितरण गरेको चौधरी समूहका कर्पोरेट कम्युनिकेसन्स् तथा पब्लिक रिलेसन जनरल म्यानेजर मधुसुदन पौडेलले जानकारी दिए ।

‘राहत कोषमा नगद जम्मा गर्नुभन्दा पीडितको छाक टार्नु नै अहिलेका लागि निकै गुणा महत्वपूर्ण छ, त्यसैले हामीले पीडितकै घरमा पुगेर राहत वितरण गरिरहेका छौं,’ पौडेलले क्लिकमाण्डूसँग भने ।


पुष्प दुलाल