टोस्टमास्टर्स क्लब इन नेपालको तालिम सम्पन्न



काठमाडौं । टोस्टमास्टर्स क्लब इन नेपालको तालिम सम्पन्न भएको छ । साउन २८ गतेदेखि २९ गतेसम्म आयोजना भएको तालिममा नेपालका ८ टोस्टमास्टर्स क्लबहरु सहभागी थिए ।

पहिलो डिस्ट्रीक्ट स्पोन्सर्ड तालिम कार्यक्रमको अध्यक्षता डिस्ट्रिक्ट डाइरेक्टर, डिटिएम पल्लव बर्माले गरेका थिए । सबै ८ टोस्टमास्टर्स क्लबहरु यस तालिम कार्यक्रममा सहभागी भएका थिए । हाल, करिब ३ सय ५० सदस्यहरु ८ वटा टोस्टमास्टर्स क्लबमा रहेका छन । जसले नियमितरुपमा सार्वजनिक वक्तव्यको अभ्यास नियमित रुपमा गर्दै आएका छन् ।

टोस्टमास्टर्स क्लब इन नेपाल विश्वभर १ सय ४२ मुलुकमा रहेका १५ हजार ९०० टोस्टमास्टर्स क्लबहरुको अंगको रुपमा रहेको छ । टोस्टमास्टर्स इन्टरनेशनल संचार तथा नेतृत्वदायि विकासको क्षेत्रमा विश्वको प्रमुख संस्था हो । यस संगठनसँग नेपालको जस्तै ३ लाख ४५ हजार भन्दा बढि सदस्यता रहेका छन् ।


पुष्प दुलाल