एनबी बैंकले लेखनाथ र बागलुङमा शाखा खोल्यो



काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ४६ औं र ४७ औं शाखा संचालनमा ल्याएको छ ।

बैंकले साउन २७ गते पोखरा लेखनाथ महानगरपालिकाको बुढी बजारमा र श्रावण २८ गते बागलुङ नगरपालिका, जिप पार्कमा नया शाखाहरुको औपचारिक सुरु गरेको हो ।

उक्त कार्यक्रमहरु बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुंगाना को उपस्थिति र बैंकका संचालकहरुको सभापतित्व तथा नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीद्वारा उद्घाटन गरिएको थियो ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गरे । साथै सोहि परिसरमा एटीएम सेवा पनि थप गरेको छ ।

लेखनाथ र बागलुङ शाखा सहित बैंकले ४७ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ सेवा तथा ४४ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

बेंकले हालै सार्वजनिक गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार आ. व. २०७३/७४ मा बैंकको कूल निक्षेप ४३.७१ अर्व, कूल कर्जा ३७.४६ अर्व र खुद नाफा १.२० अर्व रुपैयाँ रहेको छ ।


पुष्प दुलाल