होटल संघले बाढी पीडितलाई ५ लाख दियो, अझै बढी दिने प्रतिवद्धता



काठमाडौं । होटल संघ नेपालको आज बसेको पदाधिकारीहरुको आकस्मिक वैठकले बाढी पीडितहरुका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

त्यसैगरी, चितवन , मोरङ, बांके, वर्दिया, सुनसरी, रुपन्देही परासी लगायतका जिल्लाहरुमा वाढीवाट प्रभावित पर्यटकहरुको उद्दार आवश्यक भएमा सेवाका लागि होटल संघ नेपालले चौबिसै घण्टा हटलाइन सेवा शुरु गरेको छ ।

बाढीको प्रकोपवाट भएको धनजनको क्षतिको मूल्यांकन पश्चात होटल संघ नेपालले आवश्यक राहतको कार्यक्रममा पनि सघाउने जनाएको छ ।


पुष्प दुलाल