चुडामणि शर्मालाई थुनामुक्त गर्न सर्बोच्चको आदेश



काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्णइजलाशले सुनुवाइ सकेको भएपनि शुक्रबार यस्तो फैसला सुनाएको हो ।

शर्माकी श्रीमति कल्पना उप्रेती शर्माले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै गत असार २७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन । सोही रिटमा सर्वोच्चले शर्मालाई थुनामुक्त गर्न आदेश दिएको हो ।

कर फछ्योट आयोगमार्फत गैरकानूनी रुपमा कर मिनाहा दिइएको भन्दै गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेको थियो । उनीमाथि अर्बौं रुपैयाँ अनियमितता गरेको आरोप छ ।


पुष्प दुलाल