फेसबुकको टेलिभिजन दुनियाँमा प्रबेश, भिडियो र च्याट एकै पटक प्रयोगगर्न पाइने !



सोशल मिडियामा एकछत्र राजगरी रहेको फेसबुकले अब टेलिभिजन दुनियाँमा हातहाल्ने तयारी गरेको छ । त्यसको पहिलो खुड्कीलोको रुपमा उसले सार्बजनिक गरेको ‘वाच सर्भिस’ (जसमा भिडियो देखाइन्छ) लाई लिन सकिने आाकलन विस्वका प्रबिधि पण्डितहरुले गरेका छन् ।

‘वाच सर्भिस’मा अब फेसबुकमा नेशनल जोग्राफीको सफारी शो, नेशनल वुमन बास्केटबल, टाईमस् कम्पनीको पैरटिंग शो का अलावा फेसबुकको आफ्नै २ नयाँ प्रोग्राम ल्यउदै गरेको अन्तर्राष्ट्रिय मिडियाको दाबी छ । त्यसको लागी फेसबुकले क्रियर्टस्को शो डिस्ट्रिव्युट गर्न आफ्नो प्याटफर्म खुल्ला गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार फेसबुकले यी सबै सर्भिसकोलागी बक्स मिडिया, बजफीड, एटीटीएन, ग्रुप ९ मिडिया लगायत अन्य इन्टरटेनमेन्ट क्रियर्टससँग सम्झौता गरिसकेको छ ।

भिडियोको लागि फेसबुकले पछिल्लो लामो समयदेखि प्रयासगरी रहेको थियो । उसले फेसबुक युजरको बिभिन्न प्रकारका भिडियो निर्माण गरेर देखाउने गर्दै आएको थियो ।

फेसबुकका प्रडक्ट डाइरेक्टर डेनियल डैंकर भन्छन् ‘मानिसहरु न्युज फिडमा भिडियो हेर्न निकै मनपराउँछन्, तर त्यसकोलागी कुनै एउटा छुट्टै ठाँउको खाजी उनिहरुको रहन्छ । त्यसमा हामी काम गरिरहेका छौं ।’

फेसबुकका संस्थापक मार्क जुकर्रवगका अनुसार ‘‘वाच सर्भिस’ मा कसैले भिडियो हेर्दैछ भनेपनि उसले च्याटगर्न सक्छ । साथै, उस्तै भिडियो वा एउटै एपिस्योट हेर्ने बिचमा सर्कल निर्माण समेत गर्न सक्छ ।’


क्लिकमान्डु