आन्तरिक उडानमा थपियो प्रतिस्पर्धा, श्री एयरले पायो उडान अनुमति



काठमाडौं । आन्तरिक वायुसेवामा प्रतिस्पर्धा थपिने भएको छ ।

हेलिकप्टर उडानमा पहिलो स्थानमा रहेको श्री एयरले ल्याएको जहाजले उडान अनुमति पाएको छ । अहिले नेपाली आन्तरिक वायुसेवामा बुद्द र यतीको प्रतिस्पर्धा रहेको छ ।

श्रीलाई नियमित उडान गर्नको लागि उड्ययन क्षेत्रको नियामक निकाय नागरिक उड्ययन प्राधिकरणले अनुमति दिएको छ ।

श्रीले पहिलो चरणमा शुक्रवारदेखि काठमाडौंदेखि भैरहवा र नेपालगन्जको उडान गर्ने छ । अन्य गन्तब्यपनि थप्ने छ ।

अहिले श्रीसँग क्यानडामा निर्माण भएको ७० सिटको सिआरजे ७०० जहाज र ५० सिटनको आिरेज २०० जहाज रहेको छ ।

तीन महिना अगाडि जहाज भित्राएपनि नियामक निकायले नियमित उडानको लागि अनुमति दिएको थिएन ।

हेलिकप्टर व्यवसायमा श्री एयर सफल मानिन्छ । उसँग अहिले ८ वटा हेलिकप्टर रहेका छन् । व्यवसायी बनवारीलाल मित्तलले स्थापना गरेको श्रीको व्यवस्थापन अहिले उनका छोराले हेरिरहेका छन् ।

उडान अनुमति पाएपछि श्रीले थप जहाज ल्याउने तयारी गरेको छ ।


क्लिकमान्डु