कलर्स मोबाइलको दुई नयाँ स्मार्ट फोन बजारमा



काठमाडौं । कलर्स मोबाइलले प्राइड सिरिज अन्तर्गत नेपाली बजारमा दुई नयाँ मोबाइल सेट पि४५ र पि५५ लाई उपलब्ध गराएको छ ।

यी दुई नयाँ सेटले हाल बजारमा पाइने सोही मूल्य बराबरका मोबाइलहरुको दाँजोमा उत्कृष्ट सेल्फि फोटोको अनुभूति दिलाउनेमा कम्पनी विश्वस्त छ ।

‘आज मोबाइल व्यवसायमा एक परम्परा नै बसिसक्यो कि हरेक मोबाइल सेटमा जडित क्यामराको गुणस्तर उत्कृष्ट हुनु पर्दछ । यसैगरी सेल्फि एक अर्को त्यस्तो अपेक्षा हो जुन आजका मोबाइल पुस्तामा विद्यमान छ । कलर्स मोबाइलले सेल्फि फोटोको लागि पि४५ र पि५५ मोबाइल सेट प्रस्तुत गरेको छ,’ कलर्स मोबाइलका प्रमुख कार्यकारी अधिकृत सञ्जय अग्रवालले भने ।

पि ४५ मोबाइलको रियर क्यामरा ५ मेगापिक्सेल र सेल्फीका लागि २ मेगा पिक्सलको फ्रन्ट क्यामरा जडान गरिएको छ भने पि ५५ मा पनि दुवै भागमा प्mल्याससहित सोही गुणस्तरका क्यामरा रहेका छन् ।

नेपाली बजारमा पि ४५ स्मार्टफोनको मूल्य ६ हजार ९ सय ९५ रुपैयाँ र पि ५५ सेल्फिको मुल्य ७ हजार ५ सय ९५ रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु