कुलप्याडको एनएक्स वान स्मार्टफोन बजारमा



काठमाडौं । नेपालका लागि कुलप्याड स्मार्टफोन ब्राण्डको आधिकारिक बितरक जयमाँ इन्टरकन्टिनेन्टल प्रालिले बजारमा एनएक्स वान स्मार्टफोन सार्वजनिक गरेको छ ।

कम्पनीले एनएक्स सिरिजको नयाँ स्मार्टफोन एनएक्स वान बजारमा ल्याएको हो । यो स्मार्टफोन विशेषगरि फोरजी एलटिईको अनुभव प्रदान गर्न बजारमा सार्वजनिक गरिएको हो ।

स्मार्टफोनमा ५ इन्चको एचडि डिस्प्ले राखिएको छ भने स्लीम यूनिबडी, स्टायलिस आर्क डिजाइन, सुप्रिम फोरजी एलटिई नेटवर्क स्पीड जस्ता विशेषता रहेका छन् ।

फोनमा ८ मेगापिक्सेलको अटोफोकस रियर क्यामरा छ भने एलईडी फ्ल्याश रहेको कम्पनीको भनाई छ ।

त्यसैगरि फोनमा १ जीबी र्याम र ८ जीबीको आन्तरिक स्टोरेज छ जसलाई एसडी कार्डद्धारा बढाएर ६४ जीबी बनाउन सकिन्छ ।

कुलप्याडको एनएकक्स वान स्मार्टफोनमा २,००० एमएएचको ब्याट्री राखिएको छ जसले ८ घण्टासम्मको ब्याकअप दिने कम्पनीले जनाएको छ ।

कुलप्याड एनएक्स वानको बजार मूल्य १० हजार २ सय २६ रुपैयाँ तोकिएको छ ।


क्लिकमान्डु