दिलिपः जसले १० हजारको कम्पनीलाई ८ अर्ब डलर बनाए, तर अझै गुमनाम छन्



‘मिस्टर पर्फेक्सनिस्ट’ भनेर समेत चिनिने बलिउडका सुपरस्टार आमिर खानको ‘थ्रि इडियट्स’ नामको एउटा फिल्म छ ।

फिल्ममा खलपात्रको रुपमा रहेका इन्जिनियरिङ कलेजका डिनले बिद्यार्थीहरुलाई कक्षामा एउटा प्रश्न सोध्छन्, ‘चन्द्रमामा पहिलोपटक पाइलो हाल्ने मानिस को हुन् ?’

बिद्यार्थीहरु एक स्वरमा कराउँछन्, ‘निल आर्मस्ट्रङ’ । उनी फेरि प्रश्न र्तेस्याउँछन्, ‘अनि दोस्रो ?’ बिद्यार्थीहरु मुखामुख गर्छन् । सोचेजस्तो गर्छन् । सम्झन खोज्छन् ।

यत्तिकैमा डिन भन्छन्, ‘भो पर्दैन, सम्झन छाडिदेउ, दोस्रो हुनेलाई संसारले सम्झदैंन । त्यसैले सँधैं पहिलो हुने प्रयास गर ।’

सँधैं पहिलो हुन दौडमा भाग लिनुहुँदैन । र, आफ्नो रुची भएको र आफुलाई मजा लाग्ने काम गरेमात्र जिन्दगीमा खुशी मिल्छ र कामकोे नतिजा पनि राम्रो आउँछ भन्ने नै फिल्मको मुख्य सन्देश छ ।

१० हजार भारुबाट सन् १९८२ मा ‘सन फार्मा’ कम्पनीको शुरुवात गरे । अहिले उनको कम्पनी बार्षिक ४ अर्ब ९ करोड डलरको कारोबार गर्छ । गत बर्ष खुद नाफा मात्र १ अर्ब २ करोड डलर कमाएको थियो । कुल सम्पत्ति ८ अर्ब ४ करोड डलरको छ । र, करिब ५३ हजार कर्मचारी काम गर्छन् ।

यसमा कुनै दुइमत छैन । तर, कहिलेकाँही ब्यवहारीक जीवनमा भने डिनले भने झैं पहिलो हुनेलाई मात्र संसारले चिन्ने र दोस्रो हुनेलाई वास्ता नै नगर्ने पनि हुँदोरहेछ ।

भारतीय धनाड्यहरुको सूची केलाउँदा यो तथ्यको थप पुष्टि हुन्छ । यदि कसैले भारतको सबैभन्दा धनी ब्यक्ति को हो भनेर प्रश्न र्तेस्यायो भने हामी सजिलै भन्न सक्छौं, मुकेश अम्बानी । उनी भारतमा मात्र नभएर बिशेषगरि दक्षिण एसिया र सामान्यतः बिश्वभरि नै चर्चित छन् ।

बिश्वबिख्यात कम्पनी रिलायन्सको अध्यक्ष, पेट्रोल पम्पमा पेट्रोल भर्ने सामान्य युवाबाट आफ्नै बुँतामा खर्बपति बनेका धिरुभाइ अम्बानीका पुत्र र पछिल्ला दिनमा ‘जियो’ नामक टेलिफोन सेवा प्रदायकको शुरुवात गरेर भारतमा धुम मच्चाइरहेका कारण उनी चर्चित छन् ।

भारतमा अरु पनि धेरै अर्बपतिहरु छन् । अझ कतिपय त आफ्नै जीवनकालमा र आफ्नै मिहिनेतका भरमा अर्बपति भएकाहरु पनि छन् । तर, उनीहरु पहिलो नभएकाले धेरै चर्चा हुँदैंन । तीनै मध्येका एक हुन् दिलिप साङ्भि ।

दिलिप हाल भारतको चौथो धनी ब्यापारीमा पर्छन् । उनीसँग हाल १७ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ । सुचीको पहिलो स्थानमा रहेका मुकेश अम्बानीको सम्पत्ति ३५ अर्ब डलरभन्दा माथि छ ।

दुइ बर्षअघि, अर्थात सन् २०१५ मा अत्यन्तै छोटो समयका लागि दिलिपले भारतको सबैभन्दा धनी ब्यक्तिका रुपमा मुकेशलाई उछिनेका थिए । सो समयमा दिलिपको सम्पत्ति २१.७ अर्ब थियो भने मुकेशको २१.६ अर्ब ।

दिलिप पहिलो पुस्ताका ब्यवसायी हुन् । उनी भारतको सबैभन्दा ठूलो औषधी बनाउने कम्पनी ‘सन फार्मा’का अध्यक्ष तथा कार्यकारी निर्देशकका हुन् ।

गुजरातको सानो गाउँमा जन्मेका दिलिपले स्नातक सम्मको अध्ययन गरेका छन् । करिअरको शुरुवातमा उनी आफ्ना बाबुको औषधीको होलसेल पसलमा काम गर्थे । त्यही कामको शिलशिलामा कोलकातामा औषधी बितरकको काम गर्दै गर्दा उनले औषधी ब्यवसाय शुरु गर्ने निधो गरेका हुन् ।

त्यसपछि उनले १० हजार भारुबाट सन् १९८२ मा ‘सन फार्मा’ कम्पनीको शुरुवात गरे । अहिले उनको कम्पनी बार्षिक ४ अर्ब ९ करोड डलरको कारोबार गर्छ । गत बर्ष खुद नाफा मात्र १ अर्ब २ करोड डलर कमाएको थियो । कुल सम्पत्ति ८ अर्ब ४ करोड डलरको छ । र, करिब ५३ हजार कर्मचारी काम गर्छन् ।

उद्योग तथा ब्यापारको क्षेत्रमा उल्लेख्य योगदान पुर्याए बापत उनलाई भारत सरकारले सर्वोच्च नागरिक पदक पद्म श्रीबाट बिभुषित गरिसकेको छ । ‘इन्डिया टुडे’ नामक म्यागजिनले गरेको सर्वेक्षणमा उनी भारतको आठौं शक्तिशाली ब्यक्तिको रुपमा सुचिकृत भएका छन् ।

तर, पहिलो नभएकै कारण मुकेश अम्बानीको तुलनामा केही गुमनाम भने छन् । ‘नायक’ले उच्चाट लाग्दो सैद्दान्तिक ब्याख्या गरिरहँदा कहिलेकाँही ‘खलनायकहरु’ ब्यवहारिक रुपमा सत्यको नजिक पो हुँदोरहेछन् कि ?


पुष्प दुलाल