दशैमा मेलम्ची आउने आशामा हुनुहुन्छ ?, स्थानीय ठेकदारको अवरोधले मेलम्चीको काम ठप्प



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम पाँच दिन देखि ठप्प भएको छ । स्थानीय कामदार तथा ठेकदारहरुले आवारोध गर्दै तालाबन्दी गरेसंगै काम ठप्प भएको भएको हो ।

स्थानीय ठेकदार तथा मजदूरहरुले सुरुङ निर्माण व्यवसायी सीएमसी डि रभेनासंग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै गत साउन २० देखि तालाबन्दी गरेका हुन् । अबरोधले दशैमा आउने भनिएको मेलम्ची समयमा नआउने पक्का जस्तै भएको छ ।

तालाबन्दी भएसंगै कामकाज ठप्प भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिले तत्काल संवाद गरेर समस्या समाधान गर्न सवै पक्षसंग आग्रह समेत गरेको छ ।

समितिले विज्ञप्ती मार्र्फत अवारोध आएमा समयमै काम सम्पन्न गर्न समस्या हुने भएकोले अवरोध नगर्न आग्रह समेत गरेको छ ।

गत साउन २० गतेसम्म २५.३५ किलोमिटर सुरुङ निर्माण भएको र २.२३४ किमि मात्रै बाँकी रहेको अवस्थामा अवरोध हुदाँ समस्या आएको समितिले जनाएको छ ।

सुन्दरीजलमा हाल ८.५ करोड लिटर पानी अट्ने क्षमताको ट्यांकी निर्माणकार्य सम्पन्न भइसकेको र अर्को प्रशोधन केन्द्रको पनि निर्माण कार्य जारी रहेको समितिले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का पाएको इटालियन कम्पनी निर्माण कम्पनी सीएमसीसंग सन् २०१८ मार्च २६ गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।


क्लिकमान्डु