पुँजीसँगै बैंकको नाफा पनि बढ्योः ब्यालेन्सिट सार्वजानिक गर्ने सबै अर्बपति, कस्को नाफा कति ?



काठमाडौं । पुँजी बढाएसँगै बैंकहरुले नाफा पनि बढाएका छन् । लगानी योग्य पुँजी (तरलता) अभाव लगायतका समस्याका बाबजुत पनि बैंकहरुको नाफा बढाएका हुन् ।

आर्थिक वर्ष २०७३÷०७४ को अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गरे १३ वटै बाणिज्य बैंकहरुले अर्बभन्दा बढी नाफा कमाएका छन् ।

सबैभन्दा बढी नाफा नविल बैंकले कमाएको छ । गत आर्थिक वर्षमा नविलले ३ अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएको हो । बैंकले अघिल्लो वर्ष २ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएको थियो ।

सञ्चालनमा रहेका २९ वाणिज्य बैंकहरुमध्ये १३ वटा बैंकले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गरेका हुन् । जसमध्ये ४ वटा बैंक पहिलोपटक अर्बपति क्लबमा उक्लिएका छन् । सानिमा, माछापुच्छ्रे, सनराइज र लक्ष्मी बैंक अर्बपति क्लबमा उक्लिएका हुन् ।

ग्लोबल आइएमइ बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, अघिल्लो वर्ष १ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएको प्रभु बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो वर्ष १ अर्ब ११ करोड रुपैयाँ कमाएको बैंकले गत वर्ष १ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको छ ।

त्यसैगरी, अघिल्लो वर्ष १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको प्राइम बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै अघिल्लो वर्ष १ अर्ब नाफा कमाएको एनआइसी एशिया बैंकले गत वर्ष १ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ ।
अघिल्लो वर्ष १ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको सिद्दार्थ बैंकले गत वर्ष १ अर्ब ४१ करोड रुपैयाँ कमाएको छ ।

त्यस्तै, अघिल्लो वर्ष ८९ करोड ८२ लाख रुपैयाँ कमाएको माछापुच्छ्रे बैंकले गत वर्ष १ अर्ब ३० करोड रुपैयाँ कमाउँदै पहिलोपटक अर्बपति क्लबमा उक्लिएको छ ।

त्यसैगरी, अघिल्लो वर्ष ४० लाख रुपैयाँले अर्बपति क्लबमा उक्लिन नसकेको सानिमा बैंक गत आर्थिक वर्षमा १ अर्ब ३० करोड रुपैयाँ कमाउँदै पहिलोपटक अर्बपति क्लबमा उक्लिएको छ ।

त्यस्तै, अघिल्लो वर्ष १ अर्ब ९ करोड रुपैयाँ कमाएको सिटिजन बैंकले गत वर्ष १ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको छ ।

सनराइज बैंक पनि गत आर्थिक वर्षको नाफासँगै अर्बपति क्लबमा उक्लिएको छ । अघिल्लो वर्ष ९५ करोड रुपैयाँ कमाएको बैंकले गत वर्ष १ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको हो ।

त्यस्तै, लक्ष्मी बैंक पनि पहिलोपटक अर्बपति क्लबमा उक्लिएको छ । अघिल्लो वर्ष ६७ करोड ७१ लाख रुपैयाँ कमाएको बैंकले गत वर्ष १ अर्ब २४ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ ।


पुष्प दुलाल