लुम्बिनी विकास बैंकले कमायो ३७ करोड ६९ लाख नाफा



काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक बर्षमा ३७ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

केही समय अगाडी भिबोर विकास बैंक र लुम्बिनी फाइनान्स मर्जर भएर बनेको लुम्बिनी विकास बैंकले १७ अर्ब ९२ करोड निक्षेप संकलनगरी १५ अर्ब ६३ करोड कर्जा प्रबाह गरेको छ ।
बैंकको अपरिष्कृत वित्तीय बिबरण अनुसार व्याज आम्दानी ८० करोड हुँदा खराबकर्जा प्रतिशत भने २.७३ प्रतिशत रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १८.७६ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु