माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ३० करोड,आरओई घट्दा इपिएस यथावत



काठमाडौं । ब्याज आम्दानी २ अर्ब ३२ करोड गर्दा माछापुच्छ्रे  बैंकले गत आर्थिक वर्षमा अर्ब ३० करोड नाफा कमाएको छ ।

बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७३/ ७४ मा बैंकले ब्याज आम्दानी २५ प्रतिशतले बढाएको छ भने नाफा ४६ प्रतिशतले बढाएको छ ।

६ अर्ब ५९ करोड चुक्ता पुँजी रहेको माछापुच्छ्रेले असार मसान्तसम्म ५८ अर्ब ६२ करोड निक्षेप संकलन गरेको छ भने कर्जा विस्तार ५१ अर्ब ८६ करोड रुपैयाँले गरेको छ । अघिल्लो वर्षको असार मसान्तमा माछापुच्र्छे बैंकको निक्षेप ५२ अर्ब २९ करोड थियो भने कर्जा ४४ अर्ब २३ करोड थियो ।

अघिल्लो वर्षको भन्दा पुँजी ४१ प्रतिशतले बढेको हुँदा यसको असर बैंकको रिर्टन अन इक्युटी(आरओई)मा परेको छ । अघिल्लो वर्ष २०.२५ प्रतिशत रहेको आरओई यो वर्ष १४.२७ प्रतिशतमा झरेको छ ।

आरओई घटेपनि बैंकको प्रति सेयर आम्दानी(इपिएस) भने अघिल्लो वर्षकै यथावत रहेको छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार इपिएस २३ रुपैयाँ ९८ पैसा रहेको छ । अघिल्लो वर्ष इपिएस २३ रुपैयाँ ८ पैसा रहेको थियो ।


क्लिकमान्डु