नेको इन्स्योरेन्समा जागिर खुल्यो




काठमाडौं । नेको इन्स्योरेन्सले रोजकारीका लागि आवेदन माग गरेको छ । इन्स्योरेन्सले डेपुटी जेनरल म्यानेजरदेखि असिस्टेन्टसम्मका लागि आवेदन माग गरेको हो ।

इन्स्योरेन्सले केहि संख्यामा डेपुटी म्यानेजर माग गरेको छ । स्नातकोत्तर उर्तीण र इन्स्योरेन्स वा वित्तिय क्षेत्रमा ६ बर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

डेपुटी म्यानेजर र रिजनल म्यानेजरका लागि पनि आवेदन माग गरिएको छ । स्नातकोत्तर उर्तीण र इन्स्योरेन्स वा वित्तिय क्षेत्रमा ३ बर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

लिगल अफिसर १ जना माग गरिएको छ । स्नातक उत्र्तीण र वकिलको लाइसेन्स भएका र ३५ बर्ष उमेरसम्मकाले आवेदन दिन सक्नेछन् ।

एक्जुएटिभ सेक्रेटरी १ जना माग गरिएको छ । स्नातक उत्र्तीण र कम्प्युटरमा एडभासकोर्स गरेको र २५ बर्ष उमेरसम्मकाले आवेदन दिन सक्नेछनु ।

सिनियर अफिसर, जनियर अफिसर र अफिसरमा १० जना माग गरिएको छ । स्नातक उत्र्तीण र निर्जीवन बीमामा ३ बर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

सुपरभाइजर, सिनियर असिस्टेन्ट र असिस्टेन्ट २० जना माग गरिएको छ । प्ल टु उत्र्तीण र अनुभवीलाई प्राथमिकता दिने इन्स्योरेन्सले जनाएको छ ।

आवेदकले भदौ २ गतेभित्रमा www.necoinsurance.com.np/careers or [email protected] बाट आवेदन दिन सक्नेछन् ।


पुष्प दुलाल