ज्योति विकास बैंकको नाफा ७३ प्रतिशतले बढ्यो



काठमाडौं ।  ज्योति विकास बैंकले आफ्नो नाफा ७३ प्रतिशतले बढाएको छ ।

बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७३/ ७४ को अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले २६ करोड १८ लाख २० हजार नाफा गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १५ करोड १९ लाख ४८ हजार नाफा गरेको थियो ।

बैंकले ५० करोड कमाएको छ । अघिल्लो वर्ष ब्याज आम्दानीबाट ३३ करोड कमाएको थियो । २ अर्ब १२ करोड चुक्ता पुँजी भएको ज्योति विकास बैंकले असार मसान्तसम्ममा १० अर्ब निक्षेप संकलन गरेको छ भने कर्जा विस्तार ९ अर्ब १३ करोडले गरेको छ ।

अघिल्लो वर्षको असार मसान्तमा निक्षेप ७ अर्ब ६७ करोड निक्षेप थियो भने कर्जा ६ अर्ब थियो ।

बैंकको प्रति सेयर आम्दानी(इपिएस) भने अघिल्लो वर्षभन्दा घटेको छ । बैंकको इपिएस १२ रुपैयाँ १३ पैसा रहेको छ । अघिल्लो वर्ष १६ रुपैयाँ ४५ पैसा थियो ।

ज्योतिमा गाभिन लागेको राप्ती भेरी विकास बैंकले भने गत आर्थिक वर्षमा १ करोड ४७ करोड नाफा गरेको छ । क्षेत्रिय स्तरको राप्ती भेरीलाई ज्योतिले आफ्नोमा गाभ्न लागेको छ ।
राप्ती भेरीको निक्षेप १ अर्ब निक्षेप छ भने कर्जा लगानी ८५ करोड रहेको छ ।

 


क्लिकमान्डु