महिन्द्रा टु व्हीलर बिक्रेताको सम्मेलन




काठमाडौं । महिन्द्रा टु व्हीलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नीग्रुप अन्तर्गत अग्नीमोटो इन्कले डिलर मिट आयोजना गरेको छ । साउन १५ गतेदेखि १७ गतेसम्म पोखरामा नेपालभरका महिन्द्रा बाइकका बिक्रेताहरुको उपस्थति रहेको थियो ।

‘राइडिङ टुगेदर, हुई राईड सक्सेस’ भन्ने नारा सहित सम्मेलन आयोजना गरिएको हो ।
कार्यक्रममा ब्रान्डको बिकासका लागि अहिलेसम्म भएका उपलब्धिहरु माथि मुल्यांकन र आगामी बर्षका लागि अपनाउनु पर्ने रणनीति र सम्भाव्यताका बारेमा छलफल गरिएको कम्पनीले जनएको छ ।

सो सम्मेलनमा नेपालभरिका डिलरहरु र भारतको महिन्द्रा एंड महिन्द्राका कन्ट्री म्यानेजरको सहभागिता रहेको थियो । यस अवसरमा विभिन्न वधामा उत्कृष्ट भएका डिलरहरुलाई अवार्ड दिइएको थियो ।


पुष्प दुलाल