४८ हजार कार्यालय लगानी कोषमा आबद्ध



काठमाडौं । नागरिक लगानी कोषमा आबद्ध हुने कार्यालयको संख्या ४७ हजार ९ सय २५ पुगेको छ।

कोषले सम्म ९३ अर्ब ५३ करोड ६२ लाख रुपैया खुद कोष रकम संकलन गर्न सफल भएको छ ।

कोषमा संकलित रकम मध्ये सबैभन्दा बढि कर्मचारी वचत वृद्धि स्विकृत अवकास कोषमा आवद्ध १ लाख ९९ हजार ८ सय ३३ सहभागीको ६२ अर्ब ६९ करोड ६२ लाख रुपैयाँ रहेको छ । नागरिक एकांक योजनामा २ हजार सत्ताइस सहभागीको १ अर्ब ५१ करोड १९ लाख, उपदान कोष योजनाका २५ हजार ६ सय ६० सहभागीको १५ अर्ब १४ करोड ५ लाख, लगानी कर्ता हिसाव योजनाका १४ हजार सहभागीको ३ अर्ब ३ करोड रुपैया संकलन भएको छ ।

त्यस्तै बीमा कोष योजना अन्तरगत निजामती बिमा कोष, शिक्षक बीमा कोष, सैनिक बीमा कोष, नार्क बिमा कोष, नेपाल प्रहरी बीमा कोष, ससस्त्र प्रहरी बीमा कोष र राष्ट्रिय बीमा कोष आयोजनाका ३ लाख ६७ हजार सहभागीको ११ अर्ब १४ करोड ६१ लाख रुपैया संकलन भएको छ ।

गत असार मसान्त सम्ममा कोषले ८५ अर्ब ५० करोड ४९ लाख रुपैया लगानी गरेको छ । कोषले गरेको लगानीमध्ये क्रणपत्रमा १ अर्ब ८० करोड ९३ लाख, बैक तथा बित्तिय संस्थामा ५७ अर्ब ९९ करोड निक्षेप संकलन,समय कालिन कर्जामा ६ अर्ब ६ अर्ब ५७ करोड, संगठित संस्थाको सेयर धितोमा ४ अर्ब २ करोड ४८ लाख र सहभागी सापटी तथा आवाश कर्जामा १५ अर्ब ११ करोड २ लाख रुपैया रहेको कोषका सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिए ।

यो अवधिमा कर्मचारी वचत वृद्धि अबकाश कोषबाट ७ अर्ब ५७ करोढ १८ लाख , नागरिक एकांक योजनाबाट १ अर्ब ३७ करोड ५५ लाख, उपदान कोष योजनाबाट १ अर्ब ८१ करोड, लगानीकर्ता हिसाव योजनाबाट ३२ करोड रुपैया फिर्ता भुक्तानी भएको छ । निजामती बिमा कोष आयोजनाको २२ करोड ५८ लाख, शिक्षक बीमाको १५ करोड ८३ लाख, सैनिक बीमाको ५ करोड ६८ लाख , नार्क बीमा कोष आयोजनाको १५ लाख, नेपाल प्रहरीको ८३ लाख, ससस्त्र प्रहरीको ७९ लाख रुपैया फिर्ता भुक्तानी भएको छ । गत असार मसान्तसम्ममा सिआटी मोवाइल एप्समा १५ हजार ५ सय सहभागीले सुबिधा लिएको कोषले जनाएको छ ।


क्लिकमान्डु