एनआईविएल क्यापिटलबाट १ लाखले लिए निक्षेप सदस्यता



काठमाडौं । नेपाल इन्भेष्टमेन्टको सहायक कम्पनीको रुपमा स्थापना भएको एनआईबिएल क्यापिटलले स्थापनाको ५ वर्ष पुरा गरेको छ ।

क्यापिटलले  बैंक, बीमा, होटल लगायत ट्रेडिङ्ग कम्पनी गरी जम्मा ३० वटा संस्थाका करिव ५ लाख ७२ हजार ३ सय सेयरधनीलाई सेयर रजिष्ट्रारको सेवा प्रदान गरेको छ ।

एनआईबिएल समृद्धि फण्ड—१ र एनआईबिएलप्रगति फण्ड गरी जम्मा २ वटा बन्दमुखी योजनाहरु संचालन गर्दै आइरहेको छ भने निकट भविष्यमा सामुहिक लगानी कोष अन्तर्गत खुलामुखी योजना संचालनगर्ने, आफुले प्रदानगर्दै आइरहेका सेवाहरु देशको विभिन्न जिल्लाहरुबाट उपलब्ध गराउनआफ्नो शाखाकार्यालयहरु विस्तार गर्ने, एस क्यापिटललाई प्राप्तिगर्ने तथा संस्थागत परामर्शदाताको कार्यहरु समेत शुरु गर्ने लक्ष्य राखेको छ ।

एनआईविएल क्यापिटलले निक्षेप सदस्यहरुमा अग्रणी स्थानमा रही एक लाखभन्दा बढी हित ग्राहीखाता सञ्चालनगर्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गरेको जनाएको छ ।

क्यापिटलको बारेमा मोबाईल एपबाट सम्पूर्ण जानकारी लिन सकिन् छ । क्यापिटलले विभिन्न कार्यक्रम गरेर वार्षिक उत्सव मनाएको छ ।


क्लिकमान्डु