अन्ततः श्री एयरलाइन्सले पायो ‘प्रुभिङ’ फ्लाईटको अनुमति, आज उडान गर्दै



काठमाडौं । निजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले सोमबार (आज) प्रुभिङ फ्लाईट (प्रमाणित उडान) गराउने भएको छ । नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति प्रमाणपत्र (एओसी) जारी गर्नुभन्दा पहिले अनिवार्य रुपमा प्रुभिङ फ्लाईट (प्रमाणित उडान) गराउने नियम छ ।

प्राधिकरणले सोमबारको लागि प्रुभिङ उडानको अनुमति दिएको छ । पु्रभिङ उडान पछि उद्घाटन उडान गरेलगत्यै प्राधिकरणले एओसी जारी गर्ने छ । प्रुभिङ फ्लाईटमा प्राधिकरणको टोली, पाइलटहरु लगायत इन्जिनियरहरु सहभागि हुने छन् ।

प्राविधिकहरुदले उडानको क्रममा जहाजको सवै परिक्षण गर्ने छन् । सोही इन्जिनियर तथा पाइलटलले दिने सुझाव तथा प्रतिक्रियाको आधारमा एओसी प्राधिकरणले जारी गर्ने छ । काठमाडौं-विराटनगर रुटमा प्रुभिङ फ्लाइट हुनसक्ने एयरलाइन्सका बजार प्रवन्धक अनिल मानन्धरले जानकारी दिए । ‘प्रुभिङ उडान पछि एओसी जारी हुनेमा आशावादी रहेका छौ,’ मानन्धरले भने ।

तीनवटा विमानले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी रूटमा नियमित उडान र काठमाडौंबाट नै माउन्टेन फ्लाइट पनि गर्ने योजना बनाएको छ ।

श्री एयरलाइन्सका तीन वटा जहाज तीन महिना देखि उडान अनुमति नपाउँदा २० लाख भन्दा बढी प्राधिकरणलाई पाकिङ शुल्क बुझाइ सकेको एयरलाइन्सले जनाएको छ ।

आन्तरिक उडानका लागि भन्दै दुई अर्बभन्दा बढीको लगानीमा एयरलाइन्सले तीनवटा जहाज नेपाल ल्याएको थियो । अनुमति पाउन नसक्दा एयरलाइन्सका दुईवटा जहाज काठमाडौं र एउटा जहाज नेपालगन्ज विमानस्थलको पार्किङमा थन्किएका छन् ।

विमानस्थलको पार्किमा रहेको सीआरजे २०० सिरिजका दुईवटा जहाजले दैनिक आठ हजार र सीआरजे-७०० सिरिजको जहाजले दैनिक ६ हजार विश्राम शुल्य बुझाउँदै आएको छ ।

एयरलाइन्सले वैशाखमा दुईवटा र असारमा एउटा गरी तीनवटा जहाज नेपाल भित्र्याएको थियो । एयरलायन्सले वैशाखमा दुईवटा सीआरजे-२०० सिरिजका विमान र एक साता अगाडि मात्रै सीआरजे-७०० ल्याएको हो ।

तीनवटा जहाज भित्र्एको एयरलाइन्सले सरकारी लापरबाही र ढिला सुस्तीका कारण अझै उडान अनुमति पाउन सकेको छैन । एयरलाइन्सले विमानस्थलदेखि उपत्यकाका विभिन्न स्थानमा आफ्नो टिकट काउन्टरसमेत सञ्चालनमा ल्याइसकेको छ ।

के हो प्रुभिङ फ्लाईट ?
कुनै पनि नयाँ वायुसेवा कम्पनीले नयाँ जहाज भित्र्याएमा त्यसको परीक्षण उडान तथा प्रमाणित उडान गर्नुपर्छ । जहाज जुन रुटमा जाने हो सोही रुटमा उडान के कसरी हुन्छ भनेर गरिने प्रमाणित उडान नै प्रुभिङ फ्लाईट हो । प्रुभिङ फ्लाईट गर्दा यात्रु बाहेक नियमक निकायका पाईलट, इन्जिनियरसहितका प्राविधिक जनशक्ति राखेर उडान गरिन्छ । प्राविधिक जनशक्तिले कुनै कमिकमजोरी नभएको र जहाज प्राविधिक रुपमा फिट भएको प्रमाणित गर्नुपर्ने प्राधिकरणको भनाई छ । प्रुभिङ फ्लाईट गरेपछिमात्रै त्यो जहाज उडानयोग्य भएको प्रमाणित गर्दै एओसी दिइन्छ ।

प्राधिरकरणले भने अन्तर्राष्ट्रि नागरिक उड्डयन संगठन (आईकाओ) को मिसन नेपालमा आएकोले केही समय ढिलाई भएको बताउँदै आएको छ । हेलिकोप्टर सेवाका १७ वर्षको अनुभव रहेको एयरलाइन्सले आन्तरिक उडानका लागि गत साउनमै अनुमति लिएको थियो ।

तीनवटा विमान भए पनि श्रीले हालसम्म एउटा विमानका लागि मात्र त्रिभुवन विमानस्थललाई आधार बनाएर अनुमति पाएको छ । तर, हेलिकोप्टरको आफ्नै ह्यांगर भएकाले काठमाडौंमै राख्न भने समस्या छैन ।

तीनवटा विमानले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी रूटमा नियमित उडान र काठमाडौंबाट नै माउन्टेन फ्लाइट पनि गर्ने योजना बनाएको छ ।

२४ सिटे एमआई-१७ र एयरबस हेलिकोप्टर्स ‘एएस ३५० बिथ्रिई’ चारवटा छन् । नेपालको सबैभन्दा ठूलो हेलिकोप्टर कम्पनी श्रीले अन्तरिकसँगै अन्तर्राष्ट्रिय (क्षेत्रीय) उडान गर्ने योजना बनाएको छ ।

५० सिट क्षमताका दुईवटा सीआरजे-२०० विमान ल्याएको श्रीले पहिलोका लागि ‘९ एन-एमसी’ र दोस्रोका लागि ‘९ एन-एएमए’ नेपाली कलसाइन पाएको छ । श्रीको सीआरजे-७०० विमानलाई प्राधिकरणले ‘९ एन-एमबी’ दर्ता नम्बर दिएको छ ।


क्लिकमान्डु