एसियाली स्तरको क्वीज मेनिया नेपालमा हुने



काठमाडौं । गुणस्तरीय शिक्षालाई प्रबद्र्धन गर्ने कार्यक्रम नोबेल क्विज मेनिया सिजन ६ प्रतियोगिताको प्रसारणको सम्पुर्ण तयारी पूरा भएको छ ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने यो क्रममा यहि सिजनदेखि एसियाली स्तरमा प्रवेश गर्दैछ । राजेश हमाल क्विज माष्टर रहेको नोवेल क्विजमा एशियाली क्षेत्रका विभिन्न राष्ट्रहरुका उत्कृष्ट कलेज तथा विद्यार्थीहरुले सहभागीता जनाउँदैछन् ।

विभिन्न एसियाली देशहरुमा छनौट चरण (अडिसन) सञ्चालन गरिने नोबेल क्विज मेनिया सिजन ६ को अन्तिम चरणको प्रतियोगिता नेपालमा सञ्चालन हुनेछ ।

क्विजमा सहभागी हुने विदेशी विद्यार्थीका साथै कुटनितिक, शिक्षा, व्यवसाय जस्ता विविध क्षेत्रका व्यक्तित्वहरुको समेत सहभागिता रहने अन्तिम चरणका कार्यक्रमहरुमा नेपालको पर्यटन, कला संस्कृति, भाषा भेषभुषाका बारेमा प्रबद्र्धन गर्ने लक्ष्य समेत आयोजकको रहेको छ ।


क्लिकमान्डु