नेपाली सेनामा जागिर खुल्यो



काठमाडौं । नेपाली सेनाले राजगारीका लागि आवेदन माग गरेको छ । सेनाले पाइलट अधिकृतदेखि सम्पादनसम्मका लागि आवेदन माग गरेको छ ।

सेनाले सार्वजनिक सूचना मार्फत ३९ जनाका लागि रोजगारीका लागि आवेदन माग गरेको छ । सेनाले १५ जना लेखा अधिकृत माग गरेको छ । एमविविएस डाक्टर ९ जना मागेकोे छ ।

पाईलट अधिकृत र हवाई इन्जिनियर ३ जना माग गरिएको छ । भेटनरी डाक्टर २ जना मागिएको छ । सम्पादन, क्लिनिकल साईकोलोजिष्ट, केमिकल इन्जिनियर, रेडियो तथा प्रकाशन, स्टिल फोटोग्राफी र छापाखानामा १/१ जना माग गरिएको छ ।

दरखास्त फारामका लागि १ हजार रुपैयाँ तोकिएको छ । एकभन्दा बढी समूहमा दरखास्त दिएमा प्रत्यकमा २० प्रतिशतका दरले थप दस्तुर लाग्ने सूचनामा उल्लेख छ । आजदेखि भदौ १२ गतेसम्म सिङगल दस्तुमा आवेदन दिन सकिने र भदौं १३ गतेदेखि १९ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सकिने सेनाले जनाएको छ ।

सम्बन्धीत पदका लागि शैक्षिक योग्यता पुगेका पुरुष आवेदकको उमेर १८ बर्ष पूरा भई २९ ननाघेको र महिला ३० बर्ष ननाघेको हुनुपर्ने छ ।

सबैभन्दा धेरै १५ जनाका लागि आवेदन माग गरिएको लेखा अधिकृतका लागि बाणिज्यशास्त्र वा व्यवस्थापन विषयमा प्रमाणपत्र उत्तीर्णको उमेर १८ बर्ष पूराभई २१ बर्ष ननाघेको हुनुपर्ने छ । साथै, स्नातक उत्र्तीणको हकमा २४ बर्षसम्मकाले आवेदन दिन सक्नेछन् ।

सेनाले वियरिङ परीक्षा, प्रारम्भिक स्वास्थ्य परीक्षण, शारीरिक परीक्षा, लिखित परीरिक्षा, प्रयोगात्मक परीक्षा, विस्तृत स्वास्थ्य परीक्षण र बोर्ड अन्तरवार्ताको माध्यमबाट छनोट गर्नेछ ।

दरखास्त फारम सेनको वेवसाइट www.nepalarmy.mil.np बाट डाउनलोड गर्न सकिन्छ । दरखास्त फारममा १० रुपैयाँको टिकट टाँसी जंगी अड्डा पश्चिम तर्फको खेल मैदानबाट आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।


पुष्प दुलाल