अमेजनका संस्थापक जेफ बोसेज विश्वको नम्बर एक धनी



काठमाडौं । अमेजन इंकका संस्थापक जेफ बोसेज विश्वको सर्वाधिक धनी व्यक्ति भएका छन् । बोसेजले माइक्रोसफ्टका बिल गेट्सलाई पछि पार्दै विश्वको सर्वाधिक धनी व्यक्ति भएका हुन् ।

सन् २०१३ देखि विश्वको धनी व्यक्तिको सूचीमा पहिलो स्थानमा बिल गेट्स रहदै आएका थिए । मंगलबार अमेजनको सेयर मुल्यमा वृद्धि भएसंगै जेफ बोसेजले विश्वको नम्बर एक धनी व्यक्ति भएका छन् ।

विश्वको धनीहरुको तथ्याक संकलन गर्ने फोब्र्स पत्रिकाका अनुसार जेफ बोसेजको कुल सम्पति ९०.९ अर्ब अमेरिकी डलर छ । गेट्सको सम्पति ९०.८ अर्ब अमेरिकी डलर छ । सन् २०१७ को सूरुवातमा विश्वको चौथो धनी व्यक्तिको सूचिमा बोसेज थिए ।

ब्लुमर्बग मिलिनियर इन्डेक्सका अनुसार सोमबारसम्म बोसेजको कुल सम्पती ८९.८ अमेरिकी डलर रहेको थियो । मंगलबार अमेजनको सेयरमा १.३ प्रतिशतको वृद्धि भएसंगै बोसेजको कुल सम्पती ९०.९ अर्ब अमेरिकी डलर पुग्न गएको छ ।

विश्वका धनी ५ व्यक्ति यी हुन्ः

जेफ बेजोसः ९०.९ अर्ब डलर
बिल गेट्सः ९०.८ अर्ब डलर
अमान्सियो आर्टिगोः ८२.७ अर्ब डलर
वारेन बफेटः ७४.५ अर्ब डलर
मार्क जुकरवर्गः ७०.५ अर्ब डलर


पुष्प दुलाल