अनलाईनमार्फत पढ्न/सिप सिक्नका लागि ई-ज्ञानकुञ्जको सुरुवात




काठमाडौं । नेपालमा पहिलो पटक अनलाईनमार्फत विभिन्न सिपमुलक अध्ययनका लागि                       ई-ज्ञानकुञ्जको सुरुवात गरिएको छ । ट्रान्स न्यूरोन टेक्नोलोजी बेग्लोरको सहकार्यमा ई-ज्ञानकुञ्ज इडियु सिस्टमले नेपालमा यसको सुरुवात गरेको हो ।

मंगलबार आयोजित एक कार्यक्रममा ट्रान्स न्यूरोन टेक्नोलोजी बेग्लोर संस्थापक प्रमुख कार्यकारी अधिकत शिवम् शर्मा ई-ज्ञानकुञ्ज इडियु सिस्टमका प्रमुख कार्यकारी अधिकृत सुवोध त्रिपाठीले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

ई-ज्ञानकुञ्ज अनलाईनमार्फत विभिन्न कोर्षहरु पढाउने अनलाईन प्लेटफर्म हो । जसमार्फत विद्यार्थीले जुनसुकै बेला जुनसुकै स्थानबाट अध्ययन गर्नुका साथै प्राक्टिकल समेत गर्न सक्नेछन् । यसैगरी यस प्लेटफर्ममार्फत नै विश्वविद्यालय, कलेजहरुले आफ्नो कोर्षहरु संचालन गर्न सक्ने र कम्पनीहरुले आफुलाई आवश्यक दक्ष जनशक्तिसमेत खोज्न सक्नेछन् ।

भारतमा विश्वविद्यालको कोर्षदेखि सिपमुलक पठाइ र आफनो करियर विकासका लागि आवश्यक सिप सिक्न लोकप्रिय भइरहेको अनलाईन प्लेटफर्म नेपालमा समेत आवश्यक भएकाले यसको सुरुवात गरिएको कम्पनीले जनाएको छ ।

’यो प्लेटफर्मबाट कलेज, विश्वविद्यालयका साथै कर्पोरेट हाउसका लागि समेत उपयोगी छ, यसमार्फत विभिन्न कोर्षको अध्यापन गराउनका साथै कम्पनीहरुलाई कर्मचारीको लागि तालिम र उपयुक्त कम्पनी खोज्न समेत छिटो र सजिलो हुन्छ,’ ट्रान्स न्यूरोन टेक्नोलोजी सिइओ शर्माले भने ।

भारतमा यो प्लटफर्ममा ५० हजार विद्यार्थीहरुले विभिन्न कोर्षहरु पढिरहेका छन् । यसैगरी ५० भन्दा बढी कलेजका साथै आइवीएम, सिएससीलगायतका ५ सय भन्दा बढी कम्पनीले कर्मचारी छनोट गर्न र तालिम दिन यो प्लटफर्म प्रयोग गरिरहेको शर्माले जानकारी दिए । यसैगरी टेलिकम सेन्टर सिल्क काउन्सिल अफ इन्डिया र आन्ध्र प्रदेश तथा कर्नाटक राज्य सरकारले समेत यो प्लटफर्म प्रयोग गरिरहेको छ ।

ट्रान्स न्यूरोन टेक्नोलोजीसँगको सहकार्यमा नेपालीका लागि आइटीसम्बन्धी विभिन्न कोर्ष सुरु गरिएको प्लेटफर्ममार्फत अध्ययन गर्ने नेपाली विद्यार्थीले भारतिय कम्पनीमा इन्टरशिप जागीरको अवसर समेत प्राप्त हुने ई-ज्ञानकुञ्ज सिइओ सुवोध त्रिपाठीले बताए । कम्पनीले यसै वर्ष नेपाली विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा अन्तिम वर्षका १० जना विद्यार्थी छनोट गरी अनलाईन प्लटफर्ममार्फत अध्ययन गराइ उनीहरुलाई भारतिय कम्पनीमा इन्टरशिप÷जागिरको अवसर दिने वा नेपालमै इनोभेटिभ विजनेश सुरु गर्न चाहेमा समेत भारतिय कम्पनीबाट लगानीको सहकार्यका गर्ने अवसर दिलाउने उनले घोषणा गरे ।

यसैगरी कम्पनीले विस्तारै नेपाली युवा र बजारको आवश्यक्ता अनुसारका जनशक्ति उत्पादन गर्ने कोर्ष संचालन गर्ने र यसलाई सिटिइभिटिबाट मान्यता दिलाउने लक्ष्य राखेको जनाएको छ ।


पुष्प दुलाल