नेपाल लाइफ इन्स्योरेन्सको उपशाखा झापाको गौरादहमा



झापा । नेपाल लाइफ इन्स्योरेन्सले झापाको गौरादहमा उपशाखा कार्यालय उद्घाटन गरेको छ । कार्यालयको उद्घाटन बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले उद्घाटन गरको छन् ।

कार्कीले उप शाखा कार्यालयको स्थापनाबाट स्थानिय स्तरमा बीमाको सेवा प्राप्त हुने र बीमा बजारको बिकासमा सघाऊ पुग्ने बताए । साथै उनले समग्र बीमा क्षेत्रको विकास र बिस्तारका लागि सशक्त रुपमा जनचेतनामुलक कार्यक्रमहरु संचालनको आवश्यकता रहेको बताए । नेपालको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको कृषि क्षेत्रको बिकासका लागि सरकारी स्तरबाट समेत कृषि बीमामा अनुदानको व्यवस्था भएकोले यसको लाभ उठाउन आग्रह गरे ।

नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत विवेक झाूले कम्पनीले जीवन बीमाको पहँुच आम जनतासम्म पुर्याउने उदेश्यले शाखा तथा उपशाखा कार्यालयहरुको स्थापनालाई जोड दिएको बताए ।

कम्पनीले गत आर्थिक बर्ष २०७३/०७४ मा कुल बीमा शुल्क आम्दानी करिब १२ अर्ब रुपैयाँ कमाएको छ । जीवन बीमा कोष करिब ४० अर्ब रुपैयाँ तथा कुल लगानी करिब ४७ अर्ब रुपैयाँ रहेको कम्पनीका सचिब ओमप्रकाश पुडासैनीले जानकारी दिए ।


पुष्प दुलाल