स्वचालित आर्का ब्यु लटेको सोरुम नेपालमा




काठमाडौं । नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले ‘आर्का ब्यु लेट’ नामक स्वचालित बिडेट शोरुमको उद्घाटन गरेका छन् । नेपालमा हाल विद्यमान शौचको स्वच्छता सम्वन्धी विभिन्न समस्याहरुको समाधानका लागि नेपाली बजारमा स्वचालित साधन ल्याइएको कम्पनीले जनाएको छ ।

आर्का ब्यु लेट जापानी कम्पनी ‘आर्का कम्पनी लिमिटेड’को उत्पादन हो । नेपालमा यसको आयात तथा बिक्री वितरण हिमालयन ओभरसीज ट्रेडिङ्गले गर्नेछ ।

राजधानीको बबरमहलस्थितहिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको परिसरमा आयोजित एक कार्यक्रम बीच राजदूत मासाशीले सोरुमको उद्घाटन गरेका हुन् ।

शौचक्रियापछि हातले सफाई गर्नुपर्ने वा ट्वाइलेट पेपर प्रयोग गर्नुपर्ने झञ्झटबाट मुक्त हुने स्वचालित प्रविधि भएको आर्का कम्पनीका प्रेसिडेन्ट किटाजिमा तोशिनोरीले बताए ।

हिमालयन ओभरसीज ट्रेडिङ्गका प्रोप्राइटर झनक खनाललले यसमा सीट न्यानो पार्ने, स्वचालितड्रायर, पानी मनतातो पार्ने, गन्ध हटाउने जस्ता सुविधाहरु रहेको बताए ।

२२० भोल्टको बिद्युतशक्तिले चल्ने यस बिलेटमा २ वर्षको वारन्टी रहेको कम्पनीले जनाएको छ । प्रायःअर्धचन्द्राकार भएका कमोडहरुमा यसलाई रेट्रोफिट गरी प्रयोगमा ल्याउन सकिन्छ । पानीलाई स्वच्छ राख्न एन्टि ब्याक्टेरियल फिल्टर सहितको विडेट पनि उपलव्ध छ । सामान्य पानीको प्रयोग भएको अवस्थामा यो फिल्टरले ६ महीनासम्म काम गर्ने कम्पनीको दाबी छ ।


पुष्प दुलाल