ग्लोबल आइएमइको छलाङः निक्षेप १ खर्ब, नाफा २ अर्ब



काठमाडौं । अघिल्लो आर्थिक वर्षमात्रै पहिलोपटक अर्ब नाफा कमाउन सफल भएको ग्लोबल आइएमइ बैंकले गत आर्थिक वर्षमा २ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले गत वर्ष कमाएको नाफा अघिल्लो वर्षको करिब ७० अर्ब रुपैयाँले बढी हो ।

बैंकले उल्लेख्य मात्रामा बिजेनसको आकार बढाएपछि नाफा पनि उल्लेख्यरुपमा बढाएको हो । गत आर्थिक वर्षमा बैंकले १ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बुधबार प्रकाशित अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।

बैंकले वित्तीय क्षेत्रको कन्सोलिडेसनले मर्मअनुसार आगामी दिनमा संस्थाको खर्च घटाउँदै प्रविधिको प्रयोग गरेर ग्राहकलाई अझ गुणस्तरीय र सरल सेवा दिने नीति लिएको छ ।

जबकी अल्लिो वर्ष बैंकले ७४ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६० अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रबाह गरेको थियो । गत आर्थिक वर्षमा बैंकले पहिलोपटक आफ्नो ब्यालेन्सिटको आकार १ खर्ब रुपैयाँको बनाएको हो ।

बैंकको आम्दानीको स्रोतमध्ये ब्याज आम्दानी नै मुख्य स्रोत हो । गत वर्ष बैंकले ३ अर्ब ६४ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षकोभन्दा ७६ अर्ब रुपैयाँले बढी हो ।

त्यस्तै गत वर्ष बैंकले संभावित जोखिम व्यवस्थाका लागि छुटइएको रकममध्ये ३९ करोड रुपैयाँ फिर्ता (राइटब्याक) गरेको छ । त्यसैगरी, विदेशी मुद्राको कारोबारबाट बैंकले २८ करोड रुपैयाँ आम्दानी गरेकोछ भने फि एण्ड कमिशनबाट ४१ करोड रुपैयाँ कमाएको छ ।

एक वर्षको अवधिमा बैंकले कर्मचारी खर्च पनि १५ करोड रुपैयाँले बढाएर ८१ करोड रुपैयाँ पुर्याएको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकले संभावित जोखिमको व्यवस्थापन गर्न ३६ करोड ६६ लाख रुपैयाँ छुट्याएको छ । प्रवाह गरेको तर भाका नाघेको कर्जा उठेको खण्डमा यसरी छुट्याइएको रकम फिर्ता गरी नाफामा समावेस गर्न मिल्छ ।

बैंकले प्रवाह गरेको कूल कर्जामध्ये १.७५ प्रतिशत कर्जा मात्रै निस्क्रिय भएको छ । यस्तो निष्क्रीय कर्जा ५ प्रतिशतभन्दा जति कम भयो त्यति राम्रो मानिन्छ ।

बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ २२ पैसा रहेको छ । आर्थिक बर्षको अन्त्यतिर बैंकले रिलायवल डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको थियो ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब हुनैपर्ने व्यवस्था गरेको थियो ।

बैंकले स्प्रेड दरलाई पनि घटाउँदै लगेको छ । जसकारण आगामी दिनमा राष्ट्र बैंकले सर्कलरमार्फत स्प्रेड दर घटाए पनि यो बैंकलाई अफ्ठेरो पर्ने देखिँदैन ।

अघिल्लो वर्ष ४.५२ प्रतिशत रहेको स्प्रेड दर घटाएर गत वर्ष ३.३६ प्रतिशतमा झारेको छ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार अहिले बैंकहरुको स्प्रेड दर ५ प्रतिशतभन्दा बढी हुनु हुँदैन । अब राष्ट्र बैंकले यसलाई घटाएर साढे ४ प्रतिशतमा झार्ने तयारी गरिरहेको छ ।

बैंकले वित्तीय क्षेत्रको कन्सोलिडेसनले मर्मअनुसार आगामी दिनमा संस्थाको खर्च घटाउँदै प्रविधिको प्रयोग गरेर ग्राहकलाई अझ गुणस्तरीय र सरल सेवा दिने नीति लिएको छ ।  बैंकले १ सय १२ शाखा र ५ एक्सटेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


पुष्प दुलाल