काठमाडौं महानगरपालिकाको बजेट करिब १३ अर्ब




काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ अर्ब ८७ करोड रुपैयाँको बजेट ल्याएको छ । काठमाडौं महानगरपालिकाको नगर सभाले आइतबार (आज ) चालु अार्थिक वर्ष २०७४ । ०७५ का लागि १२ अर्ब ८७ करोड रुपैयाँको बजेट ल्याएको हो ।

सो बजेटमध्ये १ अर्ब १६ करोड रुपैयाँ चालु खर्चको लागि छुटाइएको छ । पूँजिगत खर्चमा ११ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

महानगरले पनि अर्थ मन्त्रालयले अवलम्बन गर्ने बजेट खर्चको आर्थिक अनुशासन पालना गर्ने भएको छ । छुट्याइएको शीर्षकबाट अर्को शीर्षकमा बजेट रकमान्तर वा स्रोतान्तर गर्दा २० प्रतिशतभन्दा बढि नगर्ने र सो भन्दा बढि शीर्षकहरुमा रकम सार्न परेमा नगर सभाको स्वीकृति लिनु पर्नेगरि काठमाडौं महानगरपालिका विनियोजन विधेयक, २०७४ पारित गरेको छ ।


पुष्प दुलाल