तयार हुनुस्, तपाइकै गाउँमा आउदैछ १ लाखभन्दा बढीलाई जागिरको अबसर




काठमाडौं । नेपालमा प्रत्येक बर्ष झण्डै ४ लाखको हाराहारी मानिसहरु श्रम बजारमा आउने गर्छन् ।

तर, निजी क्षेत्र र सरकारी क्षेत्रमा मुस्किलले १ लाख मानिसहरुका लागि मात्र रोजगारी सृजना हुने गरेको छ ।

यस्तो अवस्थामा नेपालीहरु दैनिक रुपमा रोजगारीको खोजीमा बिदेश भासिनुको बिकल्प देखिएको छैन । साथै, नेपालीको सामान्य मनोबिज्ञान उद्यमशील छैन, जागीरको मनस्थिति छ ।

भनिन्छ, क्षमता विकास गर्न सकिन्छ । तर अबसर सिर्जना गर्न गाह्रो हुन्छ । यसकारण चालु आर्थिक बर्षमा धेरै अबसर आउँदैछ । यो अबसरमा मौका छोप्नको लागि तयार भएर बस्नुहोस् । र, यो अबसर तपाइको आफ्नै गाउठाउमै आउँदैछ ।

तर, नयाँ संबिधानको निमार्ण र त्यसको कार्यान्वयनका लागि निर्माण गरेका स्थानीय निकायका कारण धेरै रोजगारी सृजना हुने देखिएको छ । स्थानीय निकायले मात्र झण्डै ५० हजार रोजगारी सृजना गर्ने बताइएको छ ।

स्थानीय निकायको निर्माणसँगै बैंक तथा बित्तीय संस्थाहरुले पनि तिब्र गतिमा शाखा सञ्जाल बिस्तार गर्ने भएका छन् । बाणिज्य बैंकहरुले यसै बर्ष २ सय ५० स्थानमा नयाँ शाखा बिस्तार गर्ने तयारी गरेका छन् ।

ग्रामीण क्षेत्रमा खुल्ने प्रत्येक शाखाका लागि न्युनतम ४ जना कर्मचारी आवश्यकता पर्ने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन बताउँछन् । यसको मतलब यो आर्थिक बर्ष बैंकहरुमा मात्र कम्तिमा १ हजार जनाका लागि रोजगारी सृजना हुने भएको छ । बैंकले कार्यालय सहयोगी, चालकलगायतका अतिरिक्त अन्य कर्मचारीका लागि सामान्यतः प्लस टुदेखि स्नात्तकोत्तर तहसम्मको शैक्षिक योग्यता माग्ने गर्दछ ।

यसै आर्थिक बर्ष १० वटा नयाँ जीवन बीमा कम्पनीहरुले पनि आफ्नो सेवा शुरु गर्दैछन् । उनीहरुका लागि पनि कम्मिा एउटा बीमा कम्पनीका लागि २ सय कर्मचारीहरुको आवश्यकता पर्ने बीमा कम्पनीका मानव संशाधन बिभागका कर्मचारीहरु बताउँछन् । उनको तथ्यांकलाई आधार मान्दा १० नयाँ जीबन बीमा कम्पनीहरुको लागि मात्रै कम्तिमा २ हजार जनशक्ति बीमा कम्पनीमै खपत हुनेछन् ।

यसका अलावा एउटा जीवन बीमा कम्पनीका लागि कम्तीमा ५ हजार जना एजेन्टहरु चाहिन्छन् ।

‘बीमा भनेको फोर्स सेलिङ बिजनेश हो । बीमाका स्किमहरु आफैं किन्न कोही पनि आउदैंन । त्यसैले बीमा ब्यवसाय सञ्चालनका लागि एजेन्टहरु अत्यावश्यक हुन्छन्’ नेपाल लाइफका प्रमुख कार्यकारी बिवेक झा बताउँछन् ।

एउटै बीमा कम्पनीले कम्तिमा ५ हजार एजेन्ट राख्ने भएपछि १० बीमा कम्पनीका लागि ५० हजार एजेन्टको आवश्यकता हुने भयो । एजेन्टहरुले आफ्नो क्षमता र खटाइ अनुसार मासिक ५ हजार देखि १ लाख रुपैंयाँ भन्दा बढी कमाउँछन् ।

समग्रमा यसै आर्थिक बर्ष बैंक तथा बीमा कम्पनीमा मात्र ५५ हजार हाराहारी रोजगारी सृजना हुने भएको छ । र, स्थानीय तहमा चाहिने करिब ५० हजार जनशक्ति थप गर्ने हो भने चालु आर्थिक बर्ष नै १ लाखभन्दा बढी जनशक्ति स्थानीय तह, बीमा र बैंकिङ क्षेत्रको लागि चाहिने छ ।

भनिन्छ, क्षमता विकास गर्न सकिन्छ । तर अबसर सिर्जना गर्न गाह्रो हुन्छ । यसकारण चालु आर्थिक बर्षमा धेरै अबसर आउँदैछ । यो अबसरमा मौका छोप्नको लागि तयार भएर बस्नुहोस् । र, यो अबसर तपाइको आफ्नै गाउठाउमै आउँदैछ ।


क्लिकमान्डु