छानो चुहिने झुपडीदेखि ३४० कोठाको बंङ्गलासम्म



राष्ट्रपति चुनावमा बिजय भए पछि नव-निर्वाचित भारतीय राष्ट्रपति रामनाथ कोभिन्दले आफुले बाल्यकालमा कानपुरको एक गाउँमा बिताएको सानो झुपडीको सम्झना गरे ।

राष्ट्रपतिमा निर्वाचित भएर ३४० वटा कोठाहरु भएको र २ लाख बर्ग फिटमा फैलिएको राष्ट्रपति भवनमा सर्नुअघि उनले आफुले बाल्यकालमा बिताएको सानो झुपडीको सम्झना गरेका हुन् ।

पानी परिरहेको दिल्लीको बिहानीले (राष्ट्रपतिय चुनावमा खसेको मत गन्न शुरु गर्नुभन्दा पनि अगाडी) उनलाई आफ्नो बाल्यकालको कष्टकर दिनहरुको सम्झना गरायो ।

कसरी उनी आफ्ना भाइबहिनीहरुसँग झरी रोकिने प्रतिक्षा गर्दै कुरेर बस्थे, घरको छानो एकदम चुहिने भएका कारण ।

‘यो मेरा लागि एकदम भावनात्मक समय हो । आज दिल्लीमा बिहानैदेखि पानी परिरहेको छ, पानीले मलाई आफ्नो बाल्यकालको सम्झना गराउँछ,’ कोभिन्दले भने, ‘घर कच्चा थियो, माटोको गारो लगाइएको थियो । बर्षाको समयमा परालको छानोले पानी छेक्न सक्दैनथ्यो । हामी सबै भाइबहिनी कोठा बाहिर कहिले पानी रोकिएला भनेर कुरेर बस्थ्यौं ।’

राष्ट्रपतिको निर्वाचनले आफूलाई यो पदको जिम्मेवारी र गरिमाको बोध गराउने उनले बताए । यो पदमा महान् बिद्धानहरु राजेन्द्र प्रसाद, एस राधाकृष्ण र एपिजे अब्दुल कलाम आसीन भैसकेको उनको भनाई छ ।

कोभिन्दले धेरै मानिसहरु सामान्य जीबिका चलाउन आफ्नो खेतीपातीमा वा मजदुरीमा ब्यस्त रहेको र पसिना चुहाउँदै गरेको सुनाए ।

‘म उनीहरुको प्रतिनिधिको रुपमा राष्ट्रपति भवनमा प्रवेश गर्दैछु,’ उनले भने ।

कोभिन्दले आफ्नो बाल्यकाल कानपुरको झिंझक गाउँमा बिताए । र, हाल भने कानपुर सहरको कन्यापुर कोलोनीमा बस्दै आएका थिए ।

उनले आफ्नो छनोट इमान्दारीपूर्वक आफ्ना जिम्मेवारी निर्वाह गर्ने सबैलाई सन्देश भएको बताए ।

‘मैले यो पदमा निर्वाचित हुने सोच र इच्छा दुवै राखेको थिइन । तर, म यहाँ मेरो समाज र देशका प्रति गरेको बडा मिहेनतका कारण आइपुगेको हुँ’, उनले भने ।

उनले आफ्नो भाषण ‘सर्वे भवन्तु सुखिना, सर्वे भवन्तु नोरामाया’ (सबै सुखी स्वस्थ रहुन्) भन्दै टुङ्ग्याए । एजेन्सीहरुको सहयोगमा


पुष्प दुलाल