सोलुखुम्बुमा २० करोड ७१ लाख राजश्व संकलन अघिल्लो आवको तुलनामा ८५ लाख बृद्धि



सोलुखुम्बु । आर्थिक वर्ष २०७३÷७४ मा २० करोड ७१ लाख २५ हजार राजश्व संकलन भएको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार जिल्लास्थित विभिन्न कार्यालयबाट सो राजश्व संकलन भएको हो । सबैभन्दा बढी खुम्बु क्षेत्रबाट राजश्व संकलन भएको छ ।

गत आवमा राष्ट्रिय वाणिज्य बैंक सल्लेरी शाखाबाट ७ करोड २ लाख ९१ हजार, नाम्चे शाखाबाट १३ करोड ३७ लाख ६० हजार र लुक्ला शाखाबाट ३० लाख ७३ हजार राजश्व संकलन भएको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा ८५ लाख बढी राजश्व संकलन भएको छ । अघिल्लो आवमा १९ करोड ८३ लाख चार हजार राजश्व संकलन भएको थियो । रासस


पुष्प दुलाल