टाटा मार्केपोलो अल्ट्रा बस इटहरीमा संचालन




काठमाडौं । नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले टाटा मोटर्सको मार्केपोलो अल्ट्रा बसको इटहरीमा औपचारिक संचालन शुरु गरेको छ । कम्पीनीले एक कार्यक्रमका बीच सिप्रदी ट्रेडिङ्गको ईटहरी शाखाको हिमशिखर यातायात एण्ड ट्राभल टुर्स्लाई औपचारिक साँचो हस्तान्तरण गरि उद्घाटन गरेको हो ।

भोलि श्रावण ६ गते देखि विराटनगरबाट काँकडभित्ता र धरानबाट काँकडभित्तासम्म सेवा संचालनमा आउने कम्पनीले जनाएको छ । गाडीमा सिसि क्यापरा, डेस्टिनेसन बोर्ड, एलइडी टिभी, युपिएसलगायतका सुविधाहरु रहेको हिमशिखर यातायात एण्ड ट्राभल टुर्स्का अध्यक्ष मनोज कुमार प्रधानले जानकारी गराए ।

अहिलेको प्रतिस्पर्धी समय र यात्रुवर्गको इच्छा चाहनालाई मध्यनजर गर्दै निश्चित एवं तोकिएको समयमा गन्तव्यसम्म पु¥याइने र यात्रुवर्गलाई शिष्ट र मर्यादित व्यवहार गरिने कुरा पनि उनले बताए ।

उक्त साँचो हस्तान्तरण कार्यक्रममा सिप्रदीका सिओओ राजेश प्रसाद गिरीले सिप्रदीको उद्देश्य गाडी बिक्री गर्नु मात्र नभएको बताएका छन् ।

‘गाडी बिक्रीपछिको सेवा सुविधा उपलब्ध गराई उच्च ग्राहक सन्तुष्टी हाँसिल गर्नु हो, गाडीहरुलाई कुनै पनि बेला अफ रोड हुन नदिन र छिटो भन्दा छिटो गाडीको मर्मत गरि संचालन गराउनु रहेको छ,’ उनले भने ।

साथै, उनले गाडीलाई चाहिने आवश्यक स्पेयर पार्टसहरु सधैं सर्वत्र उपलब्ध गराउने प्रतिबद्धता समेत जाहेर गरे ।


पुष्प दुलाल