वैदेशिक रोजगार सङ्घको अध्यक्षमा गुरुङ विजयी
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा रोहन गुरुङ विजयी भएका छन् ।
गुरुङले ४३४ मत प्राप्त गरेका थिए । यस्तै उनका निकटतम् प्रतिद्वन्द्वी विमल ढकालले ३४१ मात्र प्रात गरे ।
यसैगरी प्रथम उपाध्यक्षमा रामप्रसाद भान्तना, द्वितीय उपाध्यक्षमा भुवनसिंह गुरुङ, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिवमा नरेश गेलाल, सचिवमा किशोरबहादुर जिसी र कोषध्यक्षमा राधिका कटवाल विजयी भएका छन् ।
त्यस्तै सदस्यहरुमा बबनकुमार सिंह, सञ्जु गुरुङ, परमेश्वर अधिकारी, तेजमाया लिम्बू, सुरेश गौतम, सविना श्रेष्ठ, कुन्सा दोर्जे लिम्बू, प्रितमबहादुर मगर, प्रेमबहादुर विश्वकर्मा, सुरज केसी विजयी भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा नेपाली काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम र मधेस केन्द्रित दल निकट तराई वैदेशिक रोजगार फोरमबाट विमल ढकाल नेतृत्वको संयुक्त व्यवसायी समूह तथा नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र नेकपा माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चबाट रोहन गुरुङ नेतृत्वको संयुक्त व्यावसायिक समूहले निर्वाचनमा भाग लिएका थिए ।
संघको २५औं वार्षिक सधारणसभाअन्तर्गत भएको निर्वाचनमा गुरुङ समुहले तीन बाहेक सबै पदमा विजयी हासिल गरेको छ । ढकाल समुहबाट भने द्वितिय उपाध्यक्ष भुवनसिंह गुरुङ र कोषध्यक्षमा राधिका कटवाल तथा सदस्यमा सुरज केसी विजयी भएका छन् ।