न्युट्रीराइटका प्याकेट किन्दा स्यामसुङ ग्यालेक्सी जी २ उपहार




काठमाडौं । न्युट्रीराइटको प्याकेट किन्दा लक्कि ड्र मार्फत प्रत्येक महिना ३ जना उपभोक्ताले मोवाइल उपहार पाउने भएको छन् ।

काठमाडौं लगायत अन्य सहरका डिपार्टमेन्ट स्टोरबाट विक्रि गरिदै आएको शक्तिवद्र्धक खाद्यान्न न्युट्रीराइटका प्याकेट किन्दा पर्ने लक्की नम्वर मध्येबाट भारती ओभरसिजले प्रत्येक महिना ३ वटा मोबाइल उपलव्ध गराउने घोषणा गरिको हो ।

आज (शुक्रबार) सम्पन्न पहिलो चरणको लक्की ड्रबाट १५१६, ११९२ र १६१० नम्वर परेका उपभोक्ताले मोवाइल उपहार जितेको कम्पनीले जनाएको छ ।

नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको आतिथ्यतामा गरिएको कार्यक्रममा १ देखि २ हजार सम्मका नम्वर मध्येबाट ३ वटा नम्वर थुतिएको थियो । यी नम्वर पाएका उपभोक्ताले स्यामुङ ग्यालेक्सी जी टु मोवाइल पाउने छन् ।


पुष्प दुलाल