चौधरी ग्रुपले परिवार नियोजन कार्यक्रमलाई सहयोग गर्ने



काठमाडौं ।   चौधरी ग्रुपले नेपालमा परिवार नियोजन कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रतिवद्धता व्यक्त गरेको छ ।

मंगलबार बेलायतको राजधानीलण्डनमा आयोजितपरिवार नियोजन सम्मेलनका अवसरमा ग्रुपका प्रवन्ध निर्देशक निर्वाण कुमार चौधरीले परिवार नियोजन सम्बन्धीकार्यक्रमलाई प्रभावकारी बनाउन सरकारलाई सहयोग गर्नेबारे तीनबुँदे प्रतिवद्धता व्यक्त गरे ।

सम्मेलनमा व्यक्त गरिएका प्रतिवद्धता हरूमा आमसञ्चारको उच्चतम उपयोग मार्फत् परिवार नियोजनका सामग्रीको प्रयोगमा वृद्धि गराई नेपाल सरकारको परिवार नियोजन अभियानलाई सशक्त तुल्याउने, परिवार नियोजनका सामग्रीलगायत सम्बन्धित स्वास्थ्य सामग्रीको आपूर्ति व्यवस्थापनलाई स्थानीयस्तरमा चुस्त बनाउन सहयोग गर्ने तथा ग्रामीण युवाहरुलाई लक्षित गरी मोबाइल एपको प्रयोगमार्फत् यौन तथा प्रजनन स्वास्थ्य बारेजनचेतना वृद्धि गर्न सहयोग पुर्याउने  रहेका छन् ।

प्रजनन स्वास्थ्यका सम्बन्धमा संविधानद्वारा दिएको अधिकार तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको दिगो विकास लक्ष्य अनुरूप यौन तथा प्रजनन स्वास्थ्यमा सवैको पहुँच पु¥याउन सरकारले गरेको प्रयासमा सघाउन चौधरी ग्रुपले उक्त प्रतिवद्धता व्यक्त गरेको हो ।

बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी), बिल एण्ड मेलिन्दा गेट्स फाउण्डेसन, यू.एन.एफ.पी.ए. र एफ.पी.२०२० को संयुक्त आयोजनामा सम्पन्न एक दिने सम्मेलनमा४० भन्दा बढी देशका अर्थमन्त्री तथा स्वास्थ्यमन्त्रीहरु, अन्तर्राष्ट्रिय संघ संस्था, निजी क्षेत्र तथा नागरिक समाजका प्रतिनिधि र युवाका क्षेत्रमा वकालत गर्दै आएका संस्थाकाप्रतिनिधिहरुको सहभागिता थियो ।

 


क्लिकमान्डु