एनआईसी एशिया बैंकको ब्राण्ड एम्बेस्डरमा मनीषा कोईराला अनुबन्धित



काठमाडौं। एनआईसी एशिया बैंकले आफ्नो सेवाको २०औं वर्ष प्रवेश गर्न लागेको अवसरमा प्रतिष्ठित चलचित्रकर्मी नायिका तथा समाजसेवी मनीषा कोईरालालाई आफ्नो ब्राण्ड एम्बेस्डरको रुपमा आगामी दुई वर्षको लागि अनुबन्धन गरेको छ ।

सो सम्बन्धमा बैंक तथा अभिनेत्री कोईराला बीच बुधवार सम्झौता सम्पन्न भएको हो ।

बुधबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र अभिनेत्री कोइरालाले सो सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रिसालले बैंक २० वर्ष पुगेको अवसरमा अभिनेत्री मनिषासँगको सहकार्यले बैंकको प्रवद्र्धनमा थप सहयोग पुग्ने विचार व्यक्त गरे ।

अभिनेत्री मनिषाले बैंकको प्रतिष्ठा, भिजनको बारेमा अध्ययन गरेर नै आफूले ब्राण्ड एम्बेस्डरको प्रस्ताव स्वीकार गरेको बताइन ।

एन आई सी एशिया बैंक र नेपाली तथा भारतीय चलचित्रहरुमा आफ्नो उत्कृट अभिनयमा सफल अभिनेत्री कोइराला बीचको अनुबन्धले बैंकको व्यवसाय प्रबद्र्धनमा सहयोग हुनुका साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा थप उर्जा मिल्ने जनाएको छ ।

बैंकले स्थापनाको २० वर्ष पुरा गरेको छ ।


क्लिकमान्डु