हिमालयन इन्स्योरेन्सको हकप्रद आजदेखि



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले १ः१.६६ अनुपातको हकप्रद आज (बुधबार)देखि जारी गरेको छ । आजदेखि जारी भएको हकप्रद साउन ३१ गतेसम्म भर्न सकिने छ ।

इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित ६४ लाख २० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

असार १५ गतेसम्म बुक क्लोज भएका सेयर धनीले हकप्रद भर्न सक्ने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

कहाँबाट हकप्रद भर्ने

एनएमबि क्यापिटल लिमिटेड नागपोखरी, काठमाडौं ।

एनएमबि बैंकका सम्पूर्ण शाखाबाट हकप्रद भर्न सकिने एनमबि क्यापिटले जनाएको छ ।


पुष्प दुलाल