सिजी मोबाइलसको १०० दिने सटही नीति



काठमाडौं । सिजी मोबाइलस् प्रालिले “१०० दिनको सटही नीति” बार फोन (फिचर फोन) मोडेलहरुमा लागू गरेको छ ।

सो नीति अन्र्तगत मोबाइलको कार्यात्मक बिफलता भएको १०० (एक सय) दिन नाघेको हुन नहुने र सो सय दिनको गन्ती मोबाइल किनेको वा मोबाइल सक्रिय भएको मितिबाट लागू हुने कम्पनीले जनाएको छ ।

सिजीले सो नीति २०७४ असार १५ गते देखि सिजी मोबाईलस् प्रा. लि.का आधिकारिक विके्रताहरुबाट खरिद गरिएका र सक्रिय भएका फिचर वा बार फोन मोडेलमा मात्र लागू गरेको जानकारी दिएको छ ।

१०० दिनसम्म केही समस्या आएमा अर्को सेट प्रदान गरिने कम्पनीको दाबी छ ।

 

 


क्लिकमान्डु