डिसहोमले ४० करोडको आइपिओ जारी गर्ने



काठमाडौं । टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले ४० करोड रुपैयाँ बराबरको सार्वजानिक सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिमा चुक्ता पुँजीको २० प्रतिशत आइपिओ निष्काशन गर्ने प्रस्ताब भएको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ हो । जसअनुसार कम्पनीले ४० करोड रुपैयाँ बराबरको आइपिओ ल्याउने भएको हो ।

कम्पनीको सञ्चालक समितिमा प्रिमियम मूल्यमा ल्याउने छलफल भइहरेको छ । केही दिभभित्रै प्रिमियम मूल्यमा आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिने तयारी भइरहेको कम्पनीका एक सञ्चालकले क्लिकमाण्डूलाई जानकारी दिए ।

धितोपत्र बोर्डले प्रिमियम मूल्यको स्वीकृति दिएपछि मात्रै प्रिमियम मूल्य जोडेर ल्याउन पाउने छ ।

डिसहोमले यही असार १८ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा जाने प्रमाणपत्र लिइसकेको छ ।

कम्पनीमा हाल ५३ प्रतिशत स्वदेशी र ४७ प्रतिशत विदेशी लगानी रहेको छ । डिसहोम सूचना प्रविधि क्षेत्रको पहिलो पब्लिक कम्पनी भएको हो ।

धितोपत्र बोर्डले यसअघि नै रियल सेक्टरका कम्पनीलाई प्रिमियम मुल्यमा आइपिओ जारी गर्न दिने जनाएको छ ।

नेपालमा सेटेलाइटको माध्यमबाट विभिन्न च्यानलहरु डाइरेक्ट टू होम (डिटिएच) प्रणाालीमार्फत टेलिभिजन सेवा प्रदान गर्ने कम्पनी हो ।

टेलिभिजन सेवा प्रदायकको बजारमा डिसहोमको बजार हिस्सा करिब ३५ प्रतिशत छ ।


पुष्प दुलाल