भोलिदेखि रिङरोडमा टिप्पर, ट्रक र मिनि ट्रक कार्यालय समयमा चलाउन रोक



काठमाडौं । भोलि (बुधबार) काठमाडौंको चक्रपथ (रिङरोड)मा टिप्पर, ट्रक र मिनि ट्रक चल्न रोक लगाइने भएको छ । कार्यालय समयमा हुने ट्राफिक जामलाई न्युनिकरण गर्नका लागियातायात ब्यवस्था विभागले टिप्पर, ट्रक र मिनि ट्रक चल्न रोक लगाउने भएको हो ।

मंगलबार बसेको यातायात व्यवस्था विभागले कार्यालय समयमा टिप्पर, ट्रक र मिनि ट्रक चल्न रोक लगाउने निर्णय गरेको विभागका प्रवक्त टोकराज पाण्डेले जानकारी दिए ।

‘कार्यालय समयमा टिप्पर, ट्रक र मिनि ट्रकका कारण ट्राफिक जामको समस्या आउने जनगुनासो छ, सो जन गुनासोलाई सम्बोधन गर्दौ चmत्रपथमा टिप्पर, ट्रक र मिनि ट्रक चलाउन रोक लगाइएको हो,’ पाण्डे क्लिकमाण्डूसँग भने ।

अब रिङरोडभित्र बुधबारदेखि बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र दिउँसो साढे ३ बजेदेखि साढे ६ बजेसम्म टिप्पर, ट्रक र मिनि ट्रक चलाउन पाइने छैन ।

सो समयमा टिप्पर, ट्रक र मिनि ट्रक चलेको पाइएमा सरकारी नियम अनुसार कारबाहि गरिने प्रवक्त पाण्डेले बताए ।


पुष्प दुलाल